अ
+
अ
अ
-
काठमाडौँ – सिंहदरबार प्रवेश गर्न नदिइएको भन्दै निहारिका सिंह राजपूत र बिनु यादव सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेका छन्।
निषेधित क्षेत्रमा धर्ना बसेपछि उनीहरूलाई अहिले प्रहरीले गेटअगाडिबाट हटाएर नजिकै राखिएको छ।
निहारिकाले शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेको र बच्चा जन्मेको भन्दै लामो समयसम्म मुद्दा लडेकी थिइन् ।
धनुषा जिल्ला अदालतले बलात्कार मुद्दामा शिवराजलाई सफाइ दिएपछि उनी जनकपुर उच्च अदालत पुगेकी थिइन्। उच्च अदालतको आदेशमा शिवराज र निहारिकाको छोराको डीएनए परीक्षण गर्दा मिलेको थियो।
त्यसपछि निहारिका र शिवबीच २०७९ माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मिलापत्र भएको थियो।
यस्तै, बिनु यादवले पनि आफू घरेलु हिंसामा परेको भन्दै लामो समयदेखि संघर्ष गर्दै आएकी छन्।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
