एकै दिनमा चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

एकै दिनमा चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए
+
-
देशसञ्चार AI सारांश
  • छिमेकी मुलुकबाट अफगान शरणार्थीहरूको स्वदेश फिर्ती तीव्र हुँदा आइतबार ४,१०० सदस्य आफ्नो देश फर्किए।
  • ७७२ परिवारलाई आवश्यक सहयोग प्रदान गरी सम्बन्धित प्रान्तमा पठाइसकिएको छ भने १८ परिवार छिट्टै पठाइनेछ।
  • पाकिस्तानलगायत मुलुकले कागजातविहीन विदेशी नागरिकलाई आफ्नो भूभाग छाड्न आह्वान गरेपछि फिर्तीको प्रक्रिया जारी छ।

कागजातविहीन विदेशी नागरिकलाई आफ्नो देश फर्किन दबाब बढिरहेका बेला छिमेकी मुलुकबाट अफगान शरणार्थी स्वदेश फर्किने क्रम तीव्र बनेको छ ।

यसै क्रममा आइतबार एकै दिन चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएको सरकारी समाचार संस्था ‘बख्तर न्युज एजेन्सी’ले सोमबार जनाएको छ ।

समाचारअनुसार, ७९० अफगान शरणार्थी परिवारका चार हजार १०० सदस्य आइतबार अफगानिस्तान फर्किएका हुन् ।

फर्किएका परिवारमध्ये ७७२ परिवारलाई सीमा नाकामा आवश्यक सहयोग उपलब्ध गराई सम्बन्धित प्रान्तमा पठाइसकिएको र बाँकी १८ परिवारलाई पनि छिट्टै गृह प्रान्त पठाइने बख्तरले जनाएको छ ।

स्वदेश फर्किएका अधिकांश शरणार्थी पाकिस्तानबाट आएका हुन् । दशकौँदेखि लाखौँ अफगान शरणार्थीलाई आश्रय दिँदै आएका पाकिस्तान र इरानले पछिल्लो समय कागजातविहीन विदेशी नागरिकलाई आफ्नो भूभाग छाड्न आग्रह गर्दै आएका छन् ।

यसअघि अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले गत महिना ७६ हजार १८१ अफगान शरणार्थी स्वदेश फर्किएको जानकारी दिएका थिए । उनका अनुसार स्वदेश फिर्ती प्रक्रिया निरन्तर जारी छ ।

अफगान अधिकारीहरूका अनुसार सन् २०२१ को अगस्टमा वर्तमान सरकार सत्तामा आएयता ८० लाखभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किसकेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…