- गणेश नेपालीले आवेगमा आएर आत्मदाह गरे, जसले अघिल्लो घटनाहरुलाई पुनः सम्झाउने काम गर्यो।
- मनोवैज्ञानिक दृष्टिकोणमा यी घटनाहरूलाई गहिराइमा बुझ्न र निवारण गर्न नयाँ दृष्टिकोण प्राप्त भयो।
- आत्महत्या जस्ता घटनाहरूको कारण र निवारणमा संवादले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
मानवीय संवेदनाहरू जीवनका वास्तविकता हुन्। मानिस जीवनमा अनेकौँ आरोह अवरोहहरुबाट गुज्रिन्छ र यो नै जीवनको सुन्दर पक्ष पनि हो। तर बेला बेला केही यस्ता घटनाहरुले ठाउँ ओगट्छन् जुन सुन्दा, हेर्दा र बुझ्दा अत्यन्तै पीडा हुन्छ।
त्यसतै एक घटना बनेर हाम्रो अघिल्तिर गणेश नेपालीको आत्मदाहको समाचार आइपुगेको छ। केही वर्षअघि प्रेम आचार्य जस्ता पात्रले बानेश्वरको मूल सडकछेउ आत्मदाह गरे। हाल गणेश नेपालीले आवेगको उपजझैँ देखिने गरी आत्मदाह गरे। त्यसपश्चात् पनि क्रमिक रुपमा अन्य केही घटनाहरु पनि हामीमाझ आइपुगेको छ।
कुनै एउटा यस्तो घटनापछि कोही अरुलाई पनि यस्तो कदम चाल्न सहज हुनेझैँ गरी हामीले लगातार समाचार लेख्नपर्यो।
यो अत्याधिक हृदयविदारक घटनाहरुमा मिडियाबाट भएका रिर्पोटिंङले कस्तो असर गरेको छ ? यस खालका संवेदनशील प्रश्नहरुले घोचेपछि हामीले देशसञ्चारको स्टुडियोमा निम्त्यायौँ मनोविद् कपिल शर्मालाई।
मनोविद् शर्माले हामीलाई प्रशस्त मनोवैज्ञानिक दृष्टिकोण दिएका छन् जसले यस खालका घटनाहरुलाई मसिनोसँग बुझ्न हेर्न र आगामी दिनमा निवारण गर्न मद्धत पुग्नेछ।
आत्महत्या जस्ता कुराहरु माथि खुलेर गरिएको यो संवाद एउटा खँदिलो खुराक बनेको छ । झट्ट हेर्दा वा सुन्दा जे भएपनि यसका आफ्नै अन्तरनिहित कारणहरु पो छन् कि ? मनोवैज्ञानिक हिसाबले यस्ता घटनाहरुलाई कसरी बुझ्ने ? कसैलाई किन आफ्नै जीवनसँग मोहभंग हुन सक्छ ? यी र यस्ता प्रश्नहरुको उत्तर खोतल्ने प्रयास हामीले गरेको छौँ।
पूरा भिडियो:
भर्खरै
लोकप्रिय
