अ
+
अ
अ
-
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि शंकास्पद रुपमा पार्किङ गरिएको गाडी क्रेनको मद्दतले हटाइएको छ।
सभापति थापाको रातोपुलस्थित घरअगाडि बिहान साढे ७ बजेदेखि पार्किङ गरेर छाडिएको बीएसी ९५७५ नम्बरको कार प्रहरीले क्रेनको मद्दतले उठाएर हटाएको हो। गाडी कसले राख्यो भन्ने खुलेको छैन।
यसअघि कान्तिपुर, अनलाइनखबर, हिमालय टीभी र अनामनगरको भाटभटेनीअगाडि पनि शंकास्पद गाडी राखिएको थियो। ती गाडीलाई पनि क्रेनबाट उठाएर उपत्यका ट्राफिक प्रहरी कार्यालय लगिएको छ।
कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी भने रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
