रास्वपा सांसद भन्छन्ः सञ्चार क्षेत्रमाथि अराजकता र त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य

रास्वपा सांसद भन्छन्ः सञ्चार क्षेत्रमाथि अराजकता र त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य
+
-
देशसञ्चार AI सारांश
  • सांसद परियारले सरकारद्वारा सञ्चारमाध्यममाथि गरिएका त्रासदीपूर्ण कृयाकलापहरूको कडा विरोध गर्दै प्रेस स्वतन्त्रताको महत्व स्मरण गराए।
  • उनले सत्यलाई ढाक्न खोज्नुअर्थात् सूर्य छेक्न खोज्नु जस्तै व्यर्थ प्रयास भएको बताउँदै, निरङ्कुशता स्वीकार्य नहुने जनाए।
  • आफ्नो दल लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा उभिएको भन्दै परियारले सरकारलाई त्रासमुक्त वातावरण निर्माण गर्न आग्रह गरे।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द परियारले पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि सिर्जना गर्न खोजिएको अराजकता र त्रासदी स्वीकार्य भएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद परियारले विगतको निरङ्कुश शाही कालमा बन्दुकको छाया र सैन्य सेन्सरसिपलाई समेत झेलेर आएको नेपाली सञ्चार क्षेत्र सडकमा दुई–चार वटा गाडी तेस्र्याएर गरिने त्रासबाट विचलित नहुने उल्लेख गरे।

रास्वपाकै सरकारको ढाडसमा सोमबार कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभी, बाह्रखरी अनलाइनको प्रवेश द्वारमा गाडी तेर्साइएको थियो।

घटनाप्रति सांसद परियारले आपत्ति जनाउँदै सरकारको गलत कार्यको विरोध गरेका हुन्। उनले ओखलीमा टाउको हालेपछि मुसलको के डर भन्दै संकटका बेला पनि पत्रकारिता जगत सधैँ निर्भीक रूपमा उभिएको इतिहास स्मरण गराए।

उनले भने, ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने— सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको ूहत्केलाले सूर्य छेक्न खोज्नुू जस्तै हो। सञ्चार गृह घेरेर सत्यको आवाज कहिल्यै थुनिँदैन भन्नेमा मलाई विश्वास छ।’

आफ्नो दल रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टानझैँ उभिएको उल्लेख गर्दै परियारले सरकारमा सहभागी भएकै आधारमा प्रेसमाथि हुने कुनै पनि शैलीको अराजकताको साक्षी नबन्ने प्रष्ट पारे।

प्रेसको आन्तरिक सुधार र जिम्मेवारीबारे बोल्दै सांसद परियारले सञ्चारमाध्यमहरूमा पनि समस्या रहेको र ती सच्चिन आवश्यक रहेको औँल्याए।

सांसद परियारले अनियन्त्रित पानीको भेलले गाउँ डुबाएझैँ अनियन्त्रित कलमले पनि विनाश मात्र निम्त्याउने भएकाले प्रेस सच्चिने ठाउँमा सच्चिनै पर्ने र यसलाई ुएक्सप्रेसु नभई जिम्मेवार र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिए।

उनले सबै सञ्चार गृह र पत्रकारहरूलाई निर्वाध रूपमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति तत्काल गर्न र त्रासमुक्त वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…