सरकारले अल्फा, धुरन्धरजस्ता विवादास्पद सिनेमा प्रदर्शनमा रोक लगायो

सरकारले अल्फा, धुरन्धरजस्ता विवादास्पद सिनेमा प्रदर्शनमा रोक लगायो
+
-
देशसञ्चार AI सारांश
  • सरकारको निर्देशनमा मित्रराष्ट्रको सम्बन्धमा विरोध पार्ने कथावस्तु भएका विदेशी फिल्मलाई प्रदर्शन अनुमति नदिने निर्णय भएको छ।
  • श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई सम्बोधन गर्दै यस विषयमा पूर्ण कार्यान्वयन गर्न अनुरोध गरेको छ।
  • भारतीय फिल्म ‘अल्फा’को विवादलाई ध्यानमा राख्दै निर्णय लिइएको र यसले भारतीय फिल्महरूमा प्रभाव पर्ने देखिन्छ।

सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तु भएका विदेशी फिल्मलाई प्रदर्शनमा रोक लगाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशनसहितको पत्र लेख्दै त्यस्ता खालका फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिने जनाएको हो।

सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशनसहित पत्राचार गर्दै त्यस्ता फिल्मलाई प्रदर्शन अनुमति दिन नसकिने जनाएको हो।

पत्रमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) अवगत गराउँदै त्यस्ता फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नसकिने स्पष्ट पारिएको छ।

उक्त दफामा कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन भनिएको छ ।

फिल्म जाँचका लागि सिफारिस गर्ने निकाय बोर्डलाई मन्त्रालयले प्रचलित ऐन तथा नियमावलीको पूर्ण कार्यान्वयन गर्न, फिल्म निर्माता, वितरक तथा अन्य सरोकारवालालाई आवश्यक जानकारी गराउन र समन्वय गर्न आग्रह पनि गरेको छ।

यो प्रावधानलाई पूर्ण रूपमा पालना गर्नुपर्ने बताउँदै मन्त्रालयले चलचित्र जाँचपासको लागि प्राप्त भएमा उक्त ऐनको दफा ८ (३) बमोजिम चलचित्र जाँच समितिबाट अनुमति दिन नसकिने व्यहोराबारे मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।

यसबारे निर्माता, वितरक र सरोकारवाला सबैलाई पत्राचार तथा आवश्यक समन्वय गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ।

गतसाता आलिया भट्ट अभिनित भारतीय फिल्म ‘अल्फा’बारे विवाद भएको पृष्ठभूमिमा मन्त्रालयले यस्तो निर्णय गरेको हो। यसघि प्रदर्शनमा आएको चलचित्र धुरन्धरको कथावस्तु पनि पाकिस्तानविरोधी थियो।

सरकारले कडाइ गर्न पत्राचार गरेको यो व्यवस्थाको प्रत्यक्ष प्रभाव नेपालमा प्रदर्शन हुने भारतीय फिल्महरूमा पर्ने देखिने भएको छ।

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरको मेयर हुँदा पनि भारतीय फिल्मप्रति आक्रोशित थिए । उनले त्यतिबेला महानगरमा ‘आदिपुरुष’ फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए। त्यतिबेला ठूलो विवाद निम्तिएको थियो।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…