सञ्चारगृहअघि गाडी राख्ने कार्यप्रति मनिष झाको आपत्ति- ‘यस्तो बचपनाले राजकाज चल्छ?’

सञ्चारगृहअघि गाडी राख्ने कार्यप्रति मनिष झाको आपत्ति- ‘यस्तो बचपनाले राजकाज चल्छ?’
फाइल तस्बिर ।
+
-

काठमाडौँ- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राख्ने गरिएको गतिविधिप्रति आपत्ति जनाएका छन्।

उनले यस्तो कार्यले राज्यको अपरिपक्वता झल्किएको टिप्पणी गर्दै आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले नागरिकको सुरक्षा र समस्याको समाधान गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गरे। राज्यका निकायले नागरिकलाई आश्वस्त बनाउनु पर्नेमा उल्टै त्रास र असुरक्षा सिर्जना गर्ने गतिविधि गर्नु उचित नभएको उनको भनाइ छ।

उनले यस्ता गतिविधिबाट सुशासन स्थापित हुन नसक्ने तर्क गर्दै प्रश्न गरेका छन्, “यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोगका लागि जेन्जी पुस्ताले शहादत गरेको हो ?”

झाले यस प्रकारका गतिविधिप्रति आफ्नो घोर असहमति रहेको जनाउँदै राज्यका निकायले कानुनी शासनको सम्मान गर्दै जिम्मेवार र संयमित ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।

Screenshot

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…