कर्णालीमा कांग्रेसका मन्त्रीले किन दिए सामूहिक राजीनामा?

कर्णालीमा कांग्रेसका मन्त्रीले किन दिए सामूहिक राजीनामा?
+
-

हुम्ला- कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।

बुधबार बिहान ९ बजे मुख्यमन्त्री यामलाल कँडेलसमक्ष चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालयको संरचना हेरफेर गर्ने तयारी गरेका बेला उनीहरूले असन्तुष्टि जनाउँदै राजीनामा दिएको बुझिएको छ। मन्त्रालयको संरचनामा तलमाथि हुनु हुँदैन भन्ने मन्त्रीहरूको भनाइ थियो।

अन्य मन्त्रीहरूले पनि यो विषयमा क्याबिनेटको साक्षी मात्र नबस्ने भन्ने भएपछि सबैले राजीनामा दिएको ऊर्जा तथा जलस्रोत मन्त्रीका स्वकीय सचिवले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…