हुम्लाको डाँडाफय गाउँमा खानेपानीको समस्या

हुम्लाको डाँडाफय गाउँमा खानेपानीको समस्या
+
-
देशसञ्चार AI सारांश
  • हुम्लाको सिमकोट पालिका–७ डाँडाफय गाउँमा पुरानो मुहानहरूको पानी सुकेपछि खानेपानीको समस्या बढ्दै गएको छ।
  • स्थानीयहरूले पछिल्ला वर्षहरूमा दिनमा धेरै घण्टासम्म कुर्दा पनि पर्याप्त पानी नपाउने गुनासो गरेका छन्।
  • डाँडाफय र ओख्रेन गाउँका मुहानहरू जिर्ण हुन थालेको र खानेपानी समस्या समाधानका उपायहरू खोज्न बाँकी रहेको छ।

हुम्ला – सिमकोट पालिका– ७ को घना बस्ती भएको डाँडाफय गाउँमा खानेपानीको समस्या भएको छ। बर्षौ पहिले मुलको पानीबाट धारा निर्माण गरिएको भएपनि हाल सो मुल सुक्दै गएपछि डाँडाफयँ गाउँमा खानेपानीको समस्या देखिएको हो।

जिल्लाकै घना वस्ती रहेको डाँडाफयँ गाउँमा खानेपानीको समस्या देखिएको उक्त गाउँका स्थानीय मन्दिर सिंहले बताए। साँढे तीन सय घरधुरी रहेको सो गाउँमा अन्यत्रबाट खानेपानीको ब्यवस्था नगरी गाउँमै रहेको पुरानो मुहानको पानीलाई धारा निर्माण गरेर स्थानीयले पानी प्रयोग गर्दै आएकोमा यसवर्ष सो मुहानको पानी सुकेपछि गाउँमा खानेपानीको समस्या भएको उनको भनाइ छ।

मुहानमा पानी सुकेपछि हाल दुई वटा ती धारामा पानी भर्न भाँडा थापिए भने पाँच छ घण्टापछि मात्र एउटा भाँडा भरिने गर्छ।
२७ वर्ष अगाडी निर्माण गरिएका धारामा पानी आउन छोडेपछि स्थानीय पीडित हुँदै आएका छन्।

मुहानको पानी कतै छिरेर जाने गरेको हो वा सुकेको उपभोक्तालाई जानकारी भने छैन्। मनसुन जिल्लामा भित्रिएको समयमा डाँडाफया गाउँमा भने खानेपानीको समस्या बढ्दै गएको हो।

उक्त गाउँका दुई वटा अन्य पट्टीमा पनि यस्तै मुहानको पानीबाट खानेपानीको ब्यवस्था गर्ने गरिए पनि ती मुहानमा पनि पानी सानो हुँदै आएको छ। पहिलेबाट दलितका लागि छुट्टै मुहानको पानी प्रयोग गरिदै आएको थियो। जुन अहिले पनि विद्यमान छ।

सो खानेपानीको समस्या डाँडाफयँ गाउँको मात्र नभएर उक्त गाउँको लेकको बस्ती ओख्रेनमा पनि उस्तै रहेको स्थानीय यज्ञबहादुर शाहीले बताए। पन्दै वर्ष अगाडी निर्माण गरिएका धारा जिर्ण भएपछि ओख्रेन बस्तीमा पनि खानेपानीको समस्या भएको उनले गुनासो गरे।

यी दुवै वस्तीमा एउटै समुदाय बर्खा र हिउदमा वस्ने तर खानेपानी दुवैतिर समस्या भएपछि सरोकारवाला पक्षसंग खानेपानीको ब्यवस्थाका लागि हारगुहार गरेपनि ब्यवस्था हुन नसकेको गुनासो उनको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…