जनकपुरधाम – मधेस प्रदेशको मिडिया काउन्सिलले सदस्य पदका लागि आह्वान गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
अधिवक्ता रकी प्रसाद साहले मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाउँदै रिट निवेदन दर्ता गराएका हुन्।
प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा मिडिया काउन्सिलको सदस्यका लागि उमेर रु शैक्षिक योग्यता बारे उल्लेख नभएकोमा प्रदेशको गृह मन्त्रालयले असार २३ गते आह्वान गरेको विज्ञापनमा उमेर र शैक्षिक योग्यता बारे उल्लेख रहेकाले अधिवक्ता साहले मुद्दा दायर गरेका हुन्।
मिडिया काउन्सिलको सदस्य पदको विज्ञापनमा ३५ वर्ष उमेर पुरा भई ६० ननाघेको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेको छ।
अधिवक्ता साहले बुधबार दर्त गराएको रिट निवेदनमाथि बिहीबार सुनुवाईका लागि पेशी तोकिएको छ।

भर्खरै
लोकप्रिय
