प्रियंका कार्कीको ‘मास्टर्नी’ फिल्मको प्रमोशन गीत विवादमा

प्रियंका कार्कीको ‘मास्टर्नी’ फिल्मको प्रमोशन गीत विवादमा
+
-
देशसञ्चार AI सारांश
  • अभिनेत्री प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ मा द्विअर्थी शब्दको प्रयोग भएको भन्दै सामाजिक सञ्जालमा विवाद बढेको छ।
  • दर्शकले युट्युबमा २६०० भन्दा बढी कमेन्ट गर्दै गीतमा मर्यादित पेशा मास्टर्नीलाई अनपेक्षित रूपमा प्रस्तुत गरेको बताएका छन्।
  • गीतले सफलताका लागि विवादास्पद शैली अपनाएको भन्दै पत्रकार प्रकाश सायमी लगायतका व्यक्तिहरूले आपत्ति जनाएका छन्।

अभिनेत्री प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ रिलिजलगत्तै विवादमा तानिएको छ।

चलचित्र मास्टर्नीको प्रमोशन गीत सार्वजनिक भएलगतै द्विअर्थी शब्दको बढी प्रयोग भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन्।

गायक तथा कम्पोजर दुर्गेश थापा रहेको यो गीतमा थुप्रै ‘डबल मिनिङ’ लाग्ने शब्द छन्। समाजका लागि अपाच्य हुने भन्दै केहीले कलाको नाममा बेथिति भएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

दुर्गेशले गणितभन्दा आफूलाई मजा नलागेकोले म्याथ शब्दको प्रयोग गरेको समेत बताएका छन्।

‘इङ्लिस वर्ड पनि सुन्नुस् न तपाईंले। इङ्लिसमा भन्या हो म्याथ भनेर। कि गणित भन्नुपर्‍यो। गणित भन्दा मजा आएन के मलाई। मलाई म्याथ भन्दा मजा आयो,’ उनले गीत सार्वजनिक कार्यक्रममा भनेका थिए। तर दर्शकले गीत हेरे पछि भने सामाजिक सञ्जालमा गीत विवादमा तानिएको हो।

गीतले युट्युबमा प्राप्त गरेका २६०० भन्दा धेरै कमेन्टमा डबल मिनिङ शब्दावलीप्रति आपत्ति जनाइएको छ। कतिपयले मास्टर्नीजस्तो मर्यादित पेशालाई लिएर यो गीत नसुहाएको भन्दै टिप्पणी गरेका छन्।

संचारकर्मी तथा फिल्म निर्देशक प्रकाश सायमीले सामाजिक सञ्जालबाटै गीतलाई लिएर आपत्ति जनाएका छन्।

उनी लेख्छन्, ‘अभिनेत्री प्रियंकाको गीतको शब्दलाई लिएर जुन विवाद उठाएका छन्, त्यसप्रति मेरो कुनै गुनासो छैन। प्रियङ्काका माता पिता वा सासू वा पूर्व ससूरा, वर्तमान ससूरा कसैलाई आपत्ति छैन, उनीहरुले त्यो भद्दा कला पचाएका छन् भने उनका परिवार बाहिरकाले पनि पचाउन सक्नु पर्‍यो।’

युट्युबबाहेक सामाजिक सञ्जालमा पनि गीतले दिने शिक्षा र नैतिकताबारे प्रयोगकर्ताले प्रश्न गरिरहेका छन्। तपाईंले युट्युबको कमेन्ट सेक्सन र गीतबारे सामाजिक संजालमा लेखिएका टिप्पणीलाई पछ्याउन सक्नुहुन्छ, जहाँ गीतलाई लिएर चर्को वहस र विवाद निम्तिएको देखिन्छ।

वास्तवमा यो गीत प्रियंकाले निर्माण गरेको आगामी फिल्म ‘मास्टर्नी’को प्रवर्धन गीत हो। फिल्ममा भने यो गीत समावेश छैन। फिल्मको प्रचारका लागि दुर्गेशले उपहार भन्दै यो गीत प्रियंकालाई दिएका हुन्।

दुर्गेश थापा र प्रियंका कार्कीको च्यानलबाट संयुक्त रुपमा रिलिज भएको गीतको भिडियोमा प्रियंकाका श्रीमान आयुष्मान जोशी र आर्यन सिग्देलसमेत फिचर्ड छन्।

यसअघि पनि दुर्गेश र प्रियंकाको सहकार्यमा ‘दुश्मन हेरेको हेर्‍यै’बोलको गीत चर्चामा थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…