कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध कपिलवस्तुमा कृष्णनगर उद्योग वाणिज्य संघको अध्यक्षमाथि आक्रमणको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
  • शाहमाथि कपिलवस्तुको कृष्णनगरमा सीताराम शर्मा माथि सामूहिक आक्रमणमा संलग्न भएको आरोपमा मुद्दा दर्ता गरिएको हो।
  • पीडित सीताराम शर्माले संघीय सांसद शाह र अन्य समूहले योजनाबद्ध रूपमा आफ्नो निवासमा आक्रमण गरेको दाबी गरेका छन्।

रूपन्देही – कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमण गरेको आरोप लागेको छ।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि कपिलवस्तुको कृष्णनगरमा भएको सामूहिक आक्रमण प्रकरणमा शाहको संलग्नता रहेको आरोप लागे पनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेपछि कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको हो।

कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले शाहविरुद्ध मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले भने`कुटपिटको घटनामा उहाँविरुद्ध मुद्दा दर्ता भएको छ र कानुनी प्रक्रिया अघि बढेको छ ´

यसअघि घटनामा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले आलटाल गरेको र आफूलाई न्याय पाउनबाट वञ्चित गराउने प्रयास भएको भन्दै पीडित पक्षले गुनासो गरेको थियो ।

पीडित अध्यक्ष शर्माका अनुसार, घटनापछि प्रहरीले अनुसन्धानमा सक्रियता देखाउनुको साटो जाहेरी दर्ता गर्न ढिलाइ गरेको थियो । उनले दुई दिनअघि मुद्दा शाखामा जाहेरी दर्ताका लागि निवेदन बुझाए पनि प्रक्रिया अघि नबढाइएको भन्दै पत्रकार सम्मेलनमार्फत असन्तुष्टि जनाएका थिए ।

पीडित शर्माले संघीय सांसद अभिषेकप्रताप शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५-२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरी अन्धाधुन्ध कुटपिट गरेको आरोप लगाएका छन् । उनले आफूले लामो समयदेखि क्षेत्रमा मौलाएको बेथिति, अनियमितता र आपराधिक गतिविधिविरुद्ध आवाज उठाउँदै आएकाले त्यसकै प्रतिशोधस्वरूप योजनाबद्ध रूपमा आक्रमण गरिएको दाबी गरेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…