प्रकाशकीय

देशसञ्‍चार दोस्रो वर्षमा: द्वैध मान्यताको शून्यता नै हाम्रो मन्त्र

देशसञ्‍चार दोस्रो वर्षमा: द्वैध मान्यताको शून्यता नै हाम्रो मन्त्र
+
-

एक वर्ष पहिला व्यवसायिक धर्म अँगाल्ने प्रतिबद्धताका साथ हामी नेपाली सञ्चार जगतको कान्छो सदस्यका रुपमा अस्तित्वमा आएका थियौँ। सञ्चारमा एकलौटी हैकम कायम गर्ने प्रतिष्पर्धामा रहेका केही व्यापारिक घराना र च्याउजसरी उम्रिएका ‘अनलाइन’का भीडमा भएको हाम्रो जन्म संघर्षपूर्ण हुन्छ भन्ने बोध हामीलाई त्यसैबेला थियो। त्यसैले हाम्रो अस्तित्व संघर्षकै एउटा पाटो हो भन्ने मन्त्र हामीले व्यवहारमा पछ्याइरह्यौँ। संघर्ष र व्यवसायिकताले आगामी दिनमा पनि हामीलाई ऊर्जा र प्रेरणा दिइरहनेछ।

स्वस्थ प्रतिष्पर्धा तथा द्वैध मान्यताको शून्यता हाम्रा प्रेरणा रहिरहने छन्। ब्ल्याकमेल पत्रकारिता, प्रायोजित पत्रकारिता र जस्तोसुकै मुनाफालाई केन्द्रीय लक्ष्य बनाई गरिने पत्रकारिताको सघन उपस्थितिबारे पनि हामी सचेत छौँ। पत्रकारिताका त्यस्ता प्रवृत्तिले निम्त्याउने यो पेशाको अवमूल्यन, त्यसका कारण गुम्ने विश्वसनीयता अनि सञ्चारको विश्वसनीयता गुम्दा राष्ट्रिय र सामाजिक जीवनमा उत्पन्न हुने खतराबारे सोच्नु, सचेत हुनु र त्यसको विरोध गर्नु यो पेशामा रहेका सबैको दायित्व हो भन्‍ने सम्बन्धित सबैले बुझ्नु आवश्यक छ। यो तथ्य बेवास्ता गर्दै हामी विचलित भएमा सत्ता जवाफदेहीविहीन मात्र होइन, अधिनायक पनि बन्नसक्छ, आज नभए भोलि। अनि लोकतन्त्र साढे चार अक्षरको आयतनमा सीमित हुनजान्छ।

यो कहालीलाग्दो अवस्थालाई ध्यानमा राख्दै जनतालाई सुसूचित गर्ने हाम्रो नैसर्गिक दायित्वका साथ पूर्ण व्यवसायिक जिम्मेवारीबाट निर्देशित भइ प्रतिपक्षी भूमिका निर्वाह गर्न तथा त्यस सन्दर्भमा राजनीतिक सत्ता र प्रतिपक्षलाई आलोचना र सचेत गर्न हामी पछि हट्ने छैनौँ। मुलुकमा पारदर्शी रुपमा व्याप्त तस्करी , भ्रष्टाचार, यातायातसँगै मानवअधिकारका नाममा सिर्जित सिन्डिकेट, न्यायपालिकाको दलीयकरण अनि निर्मला पन्तजस्तालाई न्यायबाट बञ्चित गर्ने सरकारी चाल, मुलुकमा जारी निषेधको राजनीति,  संविधानको अपूर्णता, रेमिटेन्सबाट मुलुक धान्ने श्रमिकहरुको विवशता र व्यथा हाम्रो चिन्तत र अभिव्यक्तिका केन्द्रमा सधैँ रहिर हनेछन्। समग्रमा जवाफदेही सरकारसँगै न्यायमा आधारित मुलुक, अन्तर्राष्ट्रिय जगतमा सम्मानित सार्वभौम नेपालको पक्षमा उभिरहनेछौँ।

हाम्रो यो अभियानमा हाम्रो जन्मदेखि नै साथ र सहयोग दिँदै आउनुभएका समस्त पाठक, विज्ञापनदाता र प्रस्तुतिमा सुझावसँगै त्रुटि औँल्याइदिने समस्त व्यक्तित्वहरुप्रति हामी आभार व्यक्त गर्दछौँ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…