उद्योग राज्यमन्त्री दुगडलाई खुलापत्र

उद्योग राज्यमन्त्री दुगडलाई खुलापत्र
+
-

राज्यमन्त्री मोतीलाल दुगडज्यू,

गत मंसिर ७ गते शनिबार तपाईँको स्वागत तथा सम्मान कार्यक्रमका क्रममा विराटनगरका व्यापारीलाई तपाईँले गरेको सम्बोधनमा निजी क्षेत्रको विकास नभई मुलुकको विकास हुँदैन भन्ने कुरा प्रधानमन्त्री केपी ओलीले बुझेर आफू निजी क्षेत्रको व्यक्तिलाई मन्त्रालयको नेतृत्व दिएको बताउनुभयो। अब निजी क्षेत्रको मान्छे तपाईँ माथि पुगिसक्नुभएको छ। देशको समृद्धि अब कसैले रोक्न सक्दैन। होइन त?

निजी क्षेत्रको पीडा बुझ्न सक्ने क्षमता भएको व्यक्ति हालसम्म नेपालकै इतिहासमा पहिलो भएकाले अब बुझ्ने मान्छे आएको र ढुक्क हुन भन्दै पक्कै पनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुने भयो भन्नुभयो तपाईँले। यहाँको नियुक्ति जिल्ला, केन्द्रीय कमिटी, स्थायी कमिटी हुँदै दुई अध्यक्षहरुबीचको छलफल अनि राष्ट्रपतिसँगको अनुमोदनमा भएको सुन्दा अचम्म लाग्यो।

तपाईँकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना अभिव्यक्तिहरुमा मन्त्रीपरिषद्को फेरबदल प्रधानमन्त्रीको नितान्त व्यक्तिगत कुरा भएको बताइरहँदा तपाईँको नियुक्ति जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटी अनि अध्यक्षहरुको छलफलहरुबाट भएको सुन्दा म छाँगाबाट खसेझैँ भएँ। भाषणमा तपाईँले प्रधानमन्त्रीका निजी सचिव राजेश वज्राचार्यले तपाईँलाई फोनमार्फत दौरा सुरुवाल भए नभएको भनेर सोधेको सुनाउँदै हुनुहुन्थ्यो। यदि केन्द्रीय कमिटीको निर्णय भएको भए पक्कै पनि तपाईँलाई पार्टीबाट जानकारी आउँथ्यो होला। चुनावमा चन्दा, पार्टी खर्च र प्रधानमन्त्रीको उपचारमा खर्च नबुझाई तपाईँको नियुक्ति भएको हो भनी मान्ने आधार के? यसमा कति सत्यता छ- तपाईँ नै जान्नुहोस्।

तपाईँ नियुक्त हुनेबित्तिकै भारतीय सञ्चारमाध्यममा राजस्थानका स्थायी बासिन्दा भनी बधाईहरु छापिए। नेपाल तपाईँको प्रवास र राजस्थान तपाईँको भूमि भएको भन्दै तपाईँलाई बधाई दिइएको छ उक्त समाचारहरुमा। तपाईँ नेपाली हो कि राजस्थानी?

आफूले फोन गर्दा नउठाउने कर्मचारीहरुलाई मन्त्री हुनेबित्तिकै मन्त्रालयमा जाने क्रममा किन फोन नउठाएको भनी सोध्नुभएछ यहाँले। थुप्रै मुद्दाहरुमा उद्योग मन्त्रालयसँग इन्ट्रेस्ट जोडिएको तपाईँको फोन नउठाउनुका पछाडि कर्मचारीहरुका केही कारण पनि होलान् कि? अब तपाईँको नेतृत्वमा कसरी कर्मचारीहरुले काम गर्लान्?

एक कार्यक्रमका क्रममा उद्योगमन्त्री लेखराज भट्ट, उद्योगराज्यमन्त्री मोतीलाल दुगडसहित सहभागीहरु।

तपाईँले आफूलाई निजी क्षेत्रको रविन हुड भनिरहँदा निजी क्षेत्रका समस्याहरु कति समाधान गर्नुहुन्छ? त्यो समयले नै बताउला। भारतीय कम्पनी कुरकुरेको नक्कली ब्रान्ड कुरमुरे नेपालमा उत्पादन गर्ने तपाईँबिरुद्ध उद्योग मन्त्रालयमा आएको उजुरीमा अब तपाईँ के गर्नुहुन्छ? आफूबिरुद्धको मुद्दा अघि बढाउनुहुन्छ या मुद्दा अघि बढाउनेहरुलाई आँखा तर्नुहुन्छ?

तपाईँले विराटनगरस्थित आइसिपी (इन्टिग्रेटेड चेक पोस्ट) को उद्घाटन दुई देशका प्रधानमन्त्रीहरुले प्रत्यक्ष रुपमा गर्नेछन् भनिरहँदा यसका समस्याहरु देख्नुभएन। बरु आफूलाई अध्यक्ष वा प्रधानमन्त्रीहरुसँग नजिक देखाउने मात्रै सोच्नुभयो। नयाँ बन्दै गरेको आइसिपीमा केही समस्याहरु छन्। जस्तै सामान चेकजाँच गर्ने सेड छैन, आइसिपीसम्म रेलको लिग आधा किलोमिटर टाढा भएकाले सामान लोड अनलोडमा समस्या छ, क्लियरिङ एजेन्टहरु बस्ने ठाउँ छैन, बैँकिङ प्रणालीको समस्या छ- यी त केही उदाहरणहरु मात्र हुन्। तपाईँले यसबारे त सोच्नुभएन तर दुई प्रधानमन्त्रीमाझ उभिएर फोटो खिच्ने वातावरण मात्र बनाउँदै हुनुहुन्छ।

यस्तै तपाईँले हेटौँडा सिमेन्टका प्रमुखलाई नोक्सानमा किन गइरहेको छ भनेर सोध्नुभयो र नाफामा नगए आधा दाममा बेच्नू र बन्द गरिदिनू भन्नुभयो। राज्यमन्त्रीज्यू, सरकारले चलाउने सबै  कम्पनी नाफामै जानुपर्छ भन्ने हुँदैन। आज नेपालमा च्याउसरी खुलेका सिमेन्ट फ्याक्ट्रीहरुको अस्वस्थ प्रतिपर्धाले पनि यसलाई असर पारेको छ। सरकारी उद्योगले नाफामात्रै नभई वातावरण, जनतालाई दिने सेवालाई पनि ध्यान पुर्‍याउनुपर्ने हुन्छ। सिमेन्ट उद्योगहरुले संसारमा ७ प्रतिशत कार्बनडाइअक्साइड फालिरहेका छन् जसले यो पृथ्वीलाई ठूलो चुनौती दिइरहेका छन्। के सिमेन्ट उद्योगको कार्बनडाइअक्साइड कम गर्दै सिमेन्ट उत्पादन गर्ने सोच छ तपाईँमा? यसले संसारमा कार्बनडाइअक्साइडको कमीसँगै निर्माणमा पनि छलाङ मार्नेछ।

तपाईँले आफूलाई  निजी क्षेत्रको समस्या बुझ्ने भिजनरी नेता भनिरहँदा तपाईँका व्यापारमा यो देखिन्छ? तपाईँले भारतको राम्रो चलेको ब्राण्ड कुरकुरेको नक्कल गरेर नेपालमा कुरमुरे भनेर  उत्पादन गर्नुभएको छ। डुब्लिकेट कुरकुरे बेच्नुलाई नै अब हामीले भिजन मान्नुपर्ने?

तपाईँले नेपाल सरकारको मन्त्रीको हैसियतले सबै कुरा नाफानोक्सानमै हेर्न मिल्छ र? १० मिलियन टन सिमेन्ट खपत हुने नेपालमा अहिले २० मिलियन सिमेन्ट उत्पादनको क्षमता छ। सिमेन्ट फ्याक्ट्रीहरु आधा उत्पादनमा चलाउनुपर्दा कति नाफामा जान्छन्? यो तपाईँले बुझ्ने कुरा हो।

तपाईँले आफूलाई  निजी क्षेत्रको समस्या बुझ्ने भिजनरी नेता भनिरहँदा तपाईँका व्यापारमा यो देखिन्छ? तपाईँले भारतको राम्रो चलेको ब्राण्ड कुरकुरेको नक्कल गरेर नेपालमा कुरमुरे भनेर  उत्पादन गर्नुभएको छ। डुब्लिकेट कुरकुरे बेच्नुलाई नै अब हामीले भिजन मान्नुपर्ने? अर्काले बनाएको प्रोडक्टको  हुबहु  नक्कल गरी आफ्नो नाममा दर्ता गर्ने नै तपाईँको भिजन हो?

विराटनगरमै भाटभटेनी मलले दिनको करोडौँको व्यापार थालसक्यो। तपाईँले खोल्ने भनेको  सेन्चुरी मल किन अझै खुल्न सकेको छैन? कहिले खुल्छ यो? यही तपाईँको भिजन हो?

तपाईँका दुबै अध्यक्ष झापा आन्दोलनदेखि माओवादी जनआन्दोलन हुँदै यहाँ आइपुग्दा १ प्रतिशत उद्योगी व्यापारीहरुको प्रगतिले मात्र देश र अन्य ९९ प्रतिशत जनताको विकास हुन्छ भन्ने निष्कर्षमा पुग्दै तपाईँलाई नेतृत्वमा ल्याउनु अचम्मैलाग्दो हो। आफू असफल भए धेरै कुरा ड्यामेज हुने, देश डुब्ने भनिरहँदा तपाईँले यति धेरै आन्दोलन गरेर देश बुझेका नेताहरुभन्दा आफूलाई भिजनरी र मुलुकलाई निकास दिने नेताको रुपमा आफूलाई प्रस्तुत गर्नु अचम्मकै कुरा हो। अब तपाईँले अनुगमन पसल, फ्याक्ट्री होइन व्यापारीले मन्त्रालय अनुगमन गर्नुपर्छ भनेको सुन्दा कुकुरले पुच्छर हैन पुच्छरले कुकुर हल्लाउने जस्तो सुनिएन र? तपाईँले आफू कुनै पार्टीको मान्छे होइन भनिरहँदा के तपाईँले नेकपाबाट राजीनामा दिनुभएको हो?

तपाईँकै फ्याक्ट्रीमा तपाईँकै मन्त्रालय अन्तर्गत श्रम विभागले मुद्दा चलाइरहेको छ। आफ्नो कर्मचारीलाई राज्यले तोकेको न्यूनतम तलब सुविधा नदिने तपाईँले देशलाई निकास दिई समृद्ध नेपाल सुखी नेपाली बनाउँछुभन्दा हामीले पत्याइदिनुपर्ने?

देशमा भएका थुप्रै आन्दोलनहरु उद्योगी र पुँजीवादीहरुलाई मात्र मूलधारमा ल्याउनका लागि भएको हो?

विदेशमा श्रम गरी नेपाल पैसा पठाएर घरमा भएकी एक्ली श्रीमतीले छोराछोरीको लुगाखाना र स्कुल पठाउने व्यस्ततामै अल्मलिएका गरिव नेपालीहरुले अब तपाईँजस्तो दुरदर्शी नेताको दुरदर्शिताले पक्कै निकास पाउनेछन् त? तपाईँ अब व्यस्त भएर श्रीमतीसँग सिनेमा हेर्न जान नपाउनेमा चिन्तामा हुनुहुन्छ। आम नेपालीको दुखको तपाईँलाई कुनै चिन्ता छ?

पहिलो संविधानसभामा तपाईँलाई सद्भावना पार्टी नेपालले सभासद् बनायो। दोस्रो संविधानसभाका तपाईँले नव नेपाल निर्माण पार्टी खोल्नुभयो। खरायो चिन्ह सहित मैदानमा उत्रिनुभयो। मेचीदेखि महाकालीसम्म विभिन्न ५६ स्थानमा उठाइएका तपाईँका उम्मेदवारहरु ‘पानी’सम्म भन्न नसकी पछारिए।

लज्जाजनक हारको इतिहास बोकेको तपाईसँग आजसम्म कुनै नेता, मन्त्रीले नगरेको काम गर्ने के आधार र भिजन छन्? जसलाई विराटनगरका व्यापारी र नेपालकै व्यवसायीहरुले पत्याउन्? केही उदाहरण पेस गर्नसक्नुहुन्छ?

तपाईँ आफूलाई साबित गर्न सक्षम बन्नुहोस्। मेरो शुभकामना र अग्रिम बधाई!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?