सम्पादकीय

भ्रष्टाचारको छानबिनमा कामेको हात

+
-

भ्रष्टाचारको संरक्षण र कानुनभन्दा माथिको हैसियत ओगटेका गणतन्त्र नेपालका नेताहरू रजगज गरिरहेका छन्। त्यो प्रवृत्ति या विशेष हैसियत कानुन र संविधानवादका मूल्य र मान्यता स्वीकार गर्दैनन् भन्ने जान्दाजान्दै पनि नेपाली राजनीतिज्ञहरूले त्यसलाई स्वीकार गर्दै नाजायज फाइदा लिइरहेका छन्। त्यसलाई निरुत्साहित गर्ने दायित्व बोकेको नेपाल प्रहरी, त्यसको विशेष विभाग ‘केन्द्रीय अनुसन्धान ब्युरो’ (सिआइबी) त्यो विशेष हैसियतवाला वर्गको लाचार छायाँ बनेको छ।

सत्ता गठबन्धनकै अंग भएको कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ललिता निवास जमिन घोटाला प्रकरणमा सिआइबीले बयान लिने हिम्मत नदेखाएको मात्र हैन, आफ्नो अस्तित्वको औचित्य पुष्टि गर्ने न्यूनतम धर्मसमेत उसले पालना गरेन। अनियमितता र भ्रष्टचारलाई संरक्षण गरेको उनीहरूमाथिको आम र कागजमा देखिएको आशंकालाई पुष्टि गर्दै बाध्यतामा होस्, या राजनीतिक दबाबमा, सिआइबीले ठाडै पूर्वप्रधानमन्त्रीहरूमाथिको छानबिन अस्वीकार गर्ने दुस्साहस गरेको छ। यसका लागि सिआइबी प्रमुख हैन, गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वंयले तत्काल नैतिक जिम्मेवारीका साथ राजीनामा गर्नु उचित हुने छ। उनको बोली र गृहमन्त्रीको हैसियतलाई कसैले गम्भीरताका साथ लिएको छैन।

क्रान्तिकारीहरूको यो चारित्रिक पतनमा मौन मतियार बनेर या सत्तालाभ उठाएर नेपाली कांग्रेसले राजनीतिक आत्महत्याको बाटो रोजेको छ। दुर्भाग्य प्रतिपक्षी एमालेको भ्रष्टाचार मामिलामा संलग्नता र उसले छानबिन रोक्ने गरेको उदाहरण त्यत्तिकै निन्दनीय र कहालीलाग्दा छन्।

‘म अनुसन्धानमा सहयोग पुर्‍याउने छु, मैले बिराएको छैन,’ भन्ने अभिव्यक्ति दुवै पूर्वप्रधानमन्त्रीहरूले फरकफरक मञ्चबाट दिए पनि उनीहरूले बयान नदिएर, प्रथमतया: आफ्नो संलग्नता र अपराध स्विकारेका छन्। लामो राजनीतिक जीवनको उनीहरूको अन्त: सम्मानजनक हैन, अविश्वसनीयताको दागबाट भएको छ। वास्तवमा अब सबैले उनीहरूलाई दोषी मान्ने छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको आशीर्वाद र बाध्यतामा भ्रष्टाचारसँगको मिलेमतोले केही सत्ताको आयु बढ्ला उनको तर यो सत्ताको जगमा दण्डविहीनता, भ्रष्टाचार र अपराधका ढुंगा-इँट्टामात्र रहेको सावित गरेको छ।

पत्रकार तथा लेखक जर्ज अर्वेलले आफ्नो चर्चित पुस्तक ‘एनिमल फार्म’ मा भनेझैं ‘सबै जनावर समान छन, तर तीमध्ये केही अरू भन्दा बढी समान छन्’ बढी चरितार्थ भएको हो।

क्रान्तिकारीहरूको यो चारित्रिक पतनमा मौन मतियार बनेर या सत्तालाभ उठाएर नेपाली कांग्रेसले राजनीतिक आत्महत्याको बाटो रोजेको छ। दुर्भाग्य प्रतिपक्षी एमालेको भ्रष्टाचार मामिलामा संलग्नता र उसले छानबिन रोक्ने गरेको उदाहरण त्यत्तिकै निन्दनीय र कहालीलाग्दा छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…