
काठमाडौँ- केही दिन अघि भारी बर्षाका कारण नख्खु खोलामा आएको बाढीले खोलाको बाढी पसेर आफ्ना घरमा बस्न नपाएका स्थानीयबासीलाई यसपटकको दसैंको कुनै रौनक छैन।
बिहीबार घटस्थापनाका दिन पनि उनीहरू घर तथा बाटामा जमेको लेदो सफा गर्न व्यस्त देखिएका थिए।
बर्षा रोकिएर आफ्ना घर सफा गर्न थालेका स्थानीयबासीले अहिलेसम्म घर सफा गर्न सकिरहेका छैनन्।
अधिकांश मानिस आफ्ना घरमा बस्नसक्ने अवस्थामा छैनन्। उनीहरू राति आफन्तकोमा बास बस्ने गरेका छन्।
घरका अधिकांश माल सामान काम लाग्ने अवस्थामा छैनन्। कपडा, फर्निचर बेकामे अवस्थामा पुगेका छन्।
तस्बिरहरूः