राहुल गान्धीको डिनर- दार्जिलिङ मोमो र चिकेन कुरकुरे

राहुल गान्धीको डिनर- दार्जिलिङ मोमो र चिकेन कुरकुरे
+
-

काठमाडौँ – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर यात्रामा निस्किएका छन्। उनको यो धार्मिक यात्राले भारतीय राजनीतिमा हलचल मच्चाएको छ। राहुलको मानसरोवर यात्राको ट्रान्जिट प्वइन्ट नेपाल बन्यो।

राहुल शुक्रबार बेलुका काठमाडौँ आए। उनले रात काठमाडौँमै बिताए। काठमाडौँ आएका राहुलले बेलुका नेवारी खाना खाएका छन्। उनले काठमाडौँको लाजिम्पाटमा रहेको भूतू फुड वुटिकमा नेवारी खाजा खाएका हुन्।

राहुल आफ्ना साथीहरुसहित बेलुका ९ बजेतिर आफ्नो रेस्टुरेन्टमा आएको भूतूका सञ्चालक डिजे राजु सिंहले देशसञ्चारलाई जानकारी दिए। उनले भने, ‘उहाँहरु चारजना आउनु भएको थियो। बेलुका ९ बजेतिर आएर झण्डै दुई घण्टा यहाँ बस्नुभयो।’

सुरुमा आफूहरुले नचिनेको सञ्चालक सिंहले बताए। उनले भने, ‘हामी कसैले चिनेका थिएनौँ, एकजना गेस्टले चिनेर सेल्फी खिच्न गएपछि थाहा पायौँ।’

राहुलले रेस्टुरेन्टमा नेवारी मिट प्वाटर, दार्जिलिङ मःमः, चिकेन कुरकुरे तथा बँदेलको मासु खाएको सञ्चालक सिंहले देश सञ्चारलाई जानकारी दिएका छन्।

सञ्चालक सिंहले भने, ‘हाम्रोमा सधैँ आउने एकजना गेस्टले मेरो इन्डियन साथी आउनुभएको भनेर ल्याउनु भयो। अरु केही भन्नुभएको थिएन। यहाँ आउने पूर्व जानकारी पनि थिएन। हामी त पछि राहुल गान्धी भन्ने थाहा पाएर अचम्मित भयौँ।’

– तस्बिर सौजन्यः डिजे राजु सिंह

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…