मध्यविन्दु

पाखण्डीका शिखण्डी

‘जब इसाई मिसिनरिज् अफ्रिका आए उनीहरुको हातमा बाइबल थियो, हामीसँग जमिन। उनीहरुले आँखा चिम्ल भने, हामीले चिम्लियौं। प्रार्थना गर भने, हामीले गर्‍यौँ। जब हामीले आँखाखोल्यौं,हाम्रो हातमा बाइबल थियो, उनीहरुसँग जमिन।’

यो केवल भनाइ मात्र हैन, एउटा जिउँदो सत्य हो। यो सत्यको उजागर गर्ने व्यक्ति हुन्– डेजमण्ड टुटू। दक्षिण अफ्रिकी नागरिक, जो स्पष्ट वक्ताका रुपमा चिनिएका सामाजिक अभियन्ता पनि हुन्। जिउँदै छन्।

विज्ञापन

मैलो लुगा लगाएका कालो वर्णका तर सेतो मन भएका सोझा अफ्रिकीहरु हेर्दाहेर्दै चाकर भए। सुकिला लुगा लगाएका सेतोवर्णका तर कालो मन भएका गोरा इसाई पादरीहरु मालिक भए। धर्मका नाउँले अफ्रिका पनि लुटिए। अहिले नेपाल लुटिँदैछ।

मिशन उही हो। समय फरक छ। पात्र फरक छन्। देश दासत्वको बन्धनमा परेको भनेर विश्वास मान्न गाह्रो छ। तर मान्ने पर्ने सत्य बुझ्न झन् गाह्रो छ।

धर्म आफ्नो निजी मामला हो। निजी बुझाइ हो। निजी विश्वास हो। हरेकले हरेक धर्म र हरेकले हरेकको विश्वासप्रति सम्मान भाव राख्नु नै धर्मको वास्तविक पालना गर्नु हो। पाखण्डीपन धर्म हैन, अपराध हो।

येशू क्रिष्टले पनि कसैलाई लुट्नु भनेका छैनन् तर जताततै धर्मका नाउँमा लुट्ने पापी–पाखण्डीहरुको बाहुल्य छ। यद्यपि हिन्दू धर्ममा झन् ठूलो लुट छ। फरक यति हो, इसाई पादरीहरु अरुलाई लुट्छन्। हिन्दूका कथित गुरु, पण्डित, सन्त–महन्त तथा महात्माहरु आफ्नैलाई लुट्छन्।

देश लुटिँदैछ। देशको प्रधानमन्त्री स्वयंमले ‘अकोधारण’ गरेपछि देश लुटिनु स्वाभाविक हो। नेतृत्वको मतिभ्रष्ट भएपछि गरिव नेपाली इसाई पादरीका भोकको शिकार हुँदैछन्।

एकथान खड्गप्रसाद ओली वा एक थान माधवकुमार नेपालले ‘अकोधारण’ गरुन्। पादरी वा मूल्ला बनुन् ती। भन्नु केही छैन, निजी मामला हो। तर देशको प्रधानमन्त्रीले एउटा विवादास्पद चर्चकी एउटी नक्कली पादरीका पाउमा राज्यसत्ता र नेपालीको स्वाभिमान सुम्पन्छ भने त्यो जघन्य अपराध हो। त्यो अक्षम्य दुस्साहस हो। अतःयो जघन्य अपराध र अक्षम्य दुस्साहस एक–एकथान खड्गप्रसाद ओली र माधवकुमार नेपालले गरेका छैनन्। स्वाभिमानको गर्विलो इतिहास लेखेर बाँचेको एउटा स्वतन्त्र देशको प्रधानमन्त्रीले गरेको छ। त्यही देशको पूर्वप्रधानमन्त्रीले गरेको छ। खुल्लम खुल्ला यति ठूलो अपराध गर्ने दुस्साहस आजसम्म कसैले गरेको थिएन। दासत्वको यस्तो चरम चर्तिकला आजसम्म कसैले देखाएको पनि थिएन।

प्रधानमन्त्री खड्गप्रसाद ओली अहिले एउटी पाखण्डी पादरीको शिखण्डी बन्नु भएको छ। माधकुमार नेपाल शिखण्डीको शिखण्डी बनेर पानीमाथिको ओभानो बिरालो चरित्र चरितार्थ गर्दै हुनुहुन्छ। ‘अकोधारण’ गरेपछि लज्जाहीनताका सीमारेखा सबै मेटिन्छन्। लुगाभित्र शरीर नाङ्गै हुन्छ। कामरेड, लुगाले हैन, कर्मले छोप्छ चरित्र! सर्वत्र चरित्र नाङ्गिएको छ।

पदीय आचरण, निष्ठा र नैतिकताको कसीमा केपी ओली सर्वथा खोटो सावित भैसक्नु भएको छ। प्रधानमन्त्रीको कुर्सी बस्ने अधिकार उहाँलाई अब एक मिनेट पनि छैन। तर बिष्टा र निष्ठाको विभेद नभएको देशको राजनीतिमा नैतिकताको के कुरा?

सत्य र पवित्रता नैतिकताका प्राण हुन्। त्यो प्राण यी नेताहरुले हरण गरिसकेका छन्। नेताको छवि चोरको विम्बसँग त्यसै मिलेको हैन। नेता भन्ने बित्तिकै अहिले जनताका आँखामा चोरको अनुहार आउँछ। एउटा घीनलाग्दो भ्रष्टको तस्बिर आखाँमा झुण्डिन्छ। हामी मान्छेलाई कुक्कुर भनेर गाली गर्छै, कुकुरले बिष्टा खान्छ। तर बिष्टा खाएर के भो, मान्छेले जस्तो निष्ठा खाँदैन कुकुरले। निष्ठाको मनितो राख्न सक्नु भएन ओलीजीले।

कुनै देशलाई बरबाद गर्नु छ भने त्यहाँ धार्मिक विग्रह निम्त्याइदिनु पर्छ। सिरिया, अफगानिस्तान, म्यानमार, इरेटा, इराक, मध्यअफ्रिका र नाइजेरिया ताजा उदाहरण हुन्।

आज देशमा प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खुल्लमखुल्ला धार्मिक भिडन्त निम्त्याएका छन्– एउटी नक्कली पादरीलाई नेपाल आमाको छाती टेकाएर। अहिले नेपाली काँग्रेसभित्र धर्मको बहसले विधिवत प्रवेश पाएको छ। दुई टाउके चरो वरुण्डको दूर्नियति भोगिरहेको नेकपाभित्र भुसको आगो भित्रभित्रै सल्किँदैछ। लाग्दैछ, देशले अझै ठूलो दूर्दिन भोग्ने दिन फेरि आउँदैछ।

अदुरदर्शिता र निकम्मापनको योभन्दा ठूलो उदाहरण के हुन्छ सक्छ? यो गैह्रजिम्मेवारीको जिम्मेवार केपी ओली र माधव नेपालजी हुन्।लब्धबाट लुब्धमा झरेका यी दुई थान स्वार्थी नेताका लागि सिंगो राष्ट्रको बली चढाइँदै छ। जनता उठ्नु पर्छ, देश बरबाद हुनबाट जोगाउनु पर्छ।

हिजो एउटा ‘आग्लो कुर्सी’मा बसेर सुवास नेवाङजीले रातारात देशलाई धर्म निरपेक्ष घोषणा गर्नु भो। प्रश्न उठ्यो, झण्डै ८५ प्रतिशत हिन्दू मत भएको मूलकमा रातारात त्यो दुस्साहस कसरी भयो? हालै प्रधानमन्त्री ओलीजीले मुनमाताका हातबाट पहिरेको इसाई भूषण र माधव नेपालजीले २५ वर्ष अगाडि नै ‘अकोधारण’गर्नु भएको तथ्यले त्यो प्रश्नको जवाफ दिएको छ। माधव नेपालजीले आमाको काजक्रिया नगर्नु स्वाभाविक हो–‘अकोधारण’ जो गर्नु भएको छ। ओलीजी र नेपालजी बाइबल हातमा लिएर देश सुम्पन तयार भएका छन्।

युनिफिकेशन चर्चकी मालिक्नी मुनसँगको हिमचिमले यही संकेत गरेको छ।

ओलीजी र नेपालजीले हानमुनलाई जति धेरै चोख्याउन खोज्दै हुनुहुन्छ त्यति धेरै आफैँ जुठिँदै हुनुहुन्छ। जति धेरै ढाक्न खोज्नु हुन्छ, त्यति धेरै आफू नांगिदै हुनुहुन्छ। नैतिक आचरणमा यत्रो गिरावट? नेता भनेको देशको लागि औषधि हो। तर औषधि डेट एक्स्पायर भएपछि विष हुन्छ। देशको राजनीति विषाक्त भएको छ। योभन्दा अर्को प्रमाण के चाहियो?

यद्यपि राज्यले धर्म बोक्नु हुँदैन भन्ने मत पनि छ। माथि नै भनेको छु, धर्मका बुझाइ र धारणा आ–आफ्ना हुन्छन्। तर ती बहुरुपी मूनको नग्न नृत्यसँगै प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कृत्यले हिन्दूत्वमा विश्वास गर्ने झण्डै ८५ प्रतिशत सनातनी नेपालीको आस्थाको केन्द्रमा प्रहार गरेको छ। देशको प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री स्वयं कुनै एउटा कथित धर्मको एजेन्टका रुपमा काम गरेर देशप्रति घात गर्छन् भने जनता सहेर बस्दैनन्। जसले संकटमात्र हैन, विनास निम्त्याउने संकेत दिएको छ।

ओलीजी र नेपालजीले हानमुनलाई जति धेरै चोख्याउन खोज्दै हुनुहुन्छ त्यति धेरै आफैँ जुठिँदै हुनुहुन्छ। जति धेरै ढाक्न खोज्नु हुन्छ, त्यति धेरै आफू नांगिदै हुनुहुन्छ। नैतिक आचरणमा यत्रो गिरावट? नेता भनेको देशको लागि औषधि हो। तर औषधि डेट एक्स्पायर भएपछि विष हुन्छ। देशको राजनीति विषाक्त भएको छ। योभन्दा अर्को प्रमाण के चाहियो?

धार्मिक सहिष्णुताको जलले सिंचित गर्नुपर्ने समाजमा धार्मिक साम्प्रदायिकताको आगो सल्काउने काम दुई लुब्धपुरुष केपी ओलीजी र माधवकुमार नेपालजीले गर्नुभो। भोलि त्यसको रापमा सबैभन्दा पहिला उहाँहरु नै जल्नुहुनेछ।

धर्मका विषयमा जनमत संग्रहको माग भैसकेको छ। त्यसले देशमा धार्मिक सुनामी ल्याउन सक्छ। त्यतिबेला केपी ओली र माधव नेपालजीले आफूलाई बचाउन तिनै मूनमाताको शरणमा जानु पर्ने छ, अझै यदि आफूलाई क्षमायोग्य बनाउनु भएन भने।

धेरैले इतिहास लेख्छन्। केहीलाई इतिहासले लेख्छ। इतिहास सुपात्रले लेख्छन्। इतिहासले कुपात्रलाई लेख्छ। सुपात्र र कुपात्रको निर्माण भाग्यले हैन, आफ्नै कर्मले गर्छ? केपी ओलीजी र माधव नेपालजीलाई इतिहासले कुपात्र भनेर नलेखोस्! समय अझै छ।

अपराध भएको छ, स्विकार्नु बुद्धिमानी हुनेछ। तरअहिले पनि केपी ओलीर माधव नेपालजी एउटा अपराध छोप्न अर्को अपराध गर्दै हुनुहुन्छ। दुबैलाई बुद्धिले बिब्ल्याँटो हिँडाउँदैछ। विनाशकाले विपरित बुद्धि!

एक टाउके खड्गप्रसाद ओली, प्रधानमन्त्री केपी ओली भएपछि दसटाउके रावणको रंग चढेको देखिन्छ। जनतासँग क्षमायाचना चाहनुको साटो कालो गोमनको फणाजस्तो अहंकारको टाउको झन् माथि उठेको छ। तर प्रधानमन्त्री ओलीजीलाई हेक्का रहोस्, हिजो त्यो टाउको तिनै पाखण्डी पादरी मूनका सामू नतमस्तक भएको थियो। अहंकारको आयु छोटो हुन्छ, पादरी कामरेड!

नौटंकी र जालसाज अति भयो! अति अहंकारका कारणले रावण मारिएको थियो। त्यसैले अति सर्वत्र वर्जित छ। यद्यपि रावणमा धेरै गुण थिए। शास्त्रज्ञाता थियो। शास्त्रार्थ गर्न सक्थ्यो। तर विचरा ओलीजी?

डनवादी शैली, धनवादी चिन्तन र पादरी दर्शनमा डुवेका ओलीजीमा मैलै रावणको भन्दा बढी अहंकार देखेँ तर गुण एउटै देखिनँ। तुक्काशास्त्र अर्थात तुक्कास्त्रको ज्ञान भन्दा अरु केही पाइन। त्यही तुक्कास्त्रलाई नै शस्त्रअस्त्र बनाएका केपीओलीले देशको प्रधानमन्त्रीभन्दा चौरस्तामा उभिएर ‘खुजुलीका दवा’ बेच्ने विदुषकको व्यक्तित्व धेरै बढी बोकेको देखेँ, अरु केही देखिन।

कथित दुई तिहाईका मस्तिष्कविहीन टाउकाको गणितीय योगफलले रामराज्य बनाउँछु भन्ने ओलीजीलाई रावणावतारमा अवतरण गराएको छ। दुइतिहाइको दुर्भाग्यको स्वयंवरुण्ड दल र देशले भोग्दैछ।

नौटंकी र जालसाज अति भयो! अति अहंकारका कारणले रावण मारिएको थियो। त्यसैले अति सर्वत्र वर्जित छ। यद्यपि रावणमा धेरै गुण थिए। शास्त्रज्ञाता थियो। शास्त्रार्थ गर्न सक्थ्यो। तर विचरा ओलीजी?

शेरबहादुर देउवाजीको अक्कड बुद्धिले काँग्रेसलाई कुँजो बनायो। थला परेको काँग्रेस भिड्छु भन्छ, आफैं उठ्न नसक्ने भएको छ। अहिले तुक्काशास्त्री पादरी प्रधानमन्त्री खड्गप्रसाद ओलीजीको लालबुझक्कड बुद्धिले नेकपालाई निकम्माशाली सावित गर्दै छ। ओलीजीले खनेको गोलखाडीमा वरुण्ड दलमात्र होइन, देश पनि भासिँदैछ।

केही गर्नु पर्दैन असल हुन, खराबमात्र नगरे हुन्छ। कर्म र दुष्कर्मका दुई फल हुन्– असल र खराब! मान्छेले आफ्नो स्थान आफ्नै विवेकले निर्माण गरेको हुन्छ। आफैंले हो आफूलाई उचो र निचो बनाउने। उपदेश हैन, सामान्य ज्ञान हो। दिएको हैन, बाँडेको हुँ। एउटै हो, सुकर्म र फूलको सुगन्ध। जसरी वसमा हुँदैन फूलको वासना, त्यसैगरी कर्ताको अधीनमा हुँदैन सुकर्मको सुगन्ध। तीआफैं फैलिन्छन्।

देशको अर्को दूर्भाग्य! एउटा विदेशी अंग्रेजी अनलाइनमा आँखा गए, एउटा समाचारको शिर्षक थियो– ‘विनासकारीः नेपालका राष्ट्रपतिले इण्डोनेशियाका राष्ट्रपतिलाई सुनामीका लागि बधाई दिइन्, जसले सयौंको ज्यान लियो।’

परालको आगोसरी फैलियो यो समाचार। विश्वरेकर्ड बन्यो–शोकमा बधाई दिने विश्वको पहिलो राष्ट्रप्रमुख हुनुभयो हाम्री राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी।

राष्ट्रपति विद्यादेवी भण्डारीजीलाई थपनाको उपमा दिइन्छ तर थपनाभन्दा पनि निकम्मा भएपछि के उपमा दिने? शब्द भेटिन, धिक्कार भनेँ। एउटी नक्कली पादरीको नग्ननृत्यका कारणले अन्तर्राष्ट्रिय जगतमा बिग्रिएको नेपालको छवि राष्ट्रपतिका कारणले झन् कुरुप बनेको छ।

प्रश्न उठको छ – के पाँच हरफको एउटा चिठी पनि पढ्न नसक्ने मान्छे देशको सर्वोच्च पदमा पदासीन छ? के सामान्य अंग्रेजीमा लेखिएको त्यो चिठी पढ्ने क्षमता पनि नेपालका महामहिम राष्ट्रपतिमा छैन? के विद्यादेवीमा विद्याको मात्र हैन, विवेकको पूर्णता पनि पूर्ण अभाव छ?

महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष देशसञ्चारको यही लेख मार्फत अनुरोध गर्न चाहन्छु, कृपया आफू स्वयंले आफ्नो योग्यताको परीक्षा लिनुहोस्। यदि आफूलाई पारख गर्न चाहनु भयो भने राष्ट्रपति पदकालागि आफू योग्य छैन भन्नेमात्र हैन कि कति अयोग्य छु भन्ने कुरा ज्ञात हुनेछ।

यदि चाहनु भएन भने एउटा भीमकाय प्रश्न अनुत्तरित रहन्छ– देशले यस्ता निकम्माहरुको बोझ अझै कति थाम्नु पर्ने हो?

पुस १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्