होली पर्व मर्यादित र होसियारीपूर्वक नमनाए कानूनले छोड्दैन

होली पर्वलाई हामीले एउटा महत्वपूर्ण सांस्कृतिक परम्पराको रुपमा मनाउने क्रममा विगतमा धेरै अप्रिय घटनाहरु हुने गरेको तथ्यलाई मध्यनजर राखेर राज्यले शान्ति र सुरक्षा सम्बन्धी सूचना प्रवाह गर्ने गरेको र आज भन्दा पहिले मनाइने होली पर्वको नाममा हुने अप्रिय घटनालाई सम्बोधन गर्ने प्रस्ट कानून नेपालमा नहुँदा सार्वजनिक शान्ति एवं सुरक्षा सम्बन्धी कानूनको दायरामा कारवाही हुने गरिन्थ्यो भने यो वर्षदेखि नेपालमा सार्वजनिक सुरक्षाका अतिरिक्त दुष्कृति सम्बन्धी प्रष्ट कानून लागु भैरहेको हुनाले यो वर्षदेखि होली पर्व मनाउने सबैले यो कानूनको समेत हेक्का राख्नु पर्ने अनिवार्य हुन आएको छ ।

वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरे

समाजलाई सभ्यता र अनुशासित संस्कारमा रुपान्तरण गर्ने गर्ने गरि लागु भएको नया नागरिक कानूनको रुपमा अहिले मुलुकी देवानी संहिता २०७४ मा दुष्कृति सम्बन्धी कानून सक्रिय छ जस अन्तर्गत कसैको लापरवाहीले अथवा पर्याप्त होसियारी नपु¥याई गरेको कुनै पनि कार्यबाट अर्काको जिउ ज्यान सम्पत्ति एंवम सुविधामा दखल परी नोक्सान हुन गएमा त्यस्तो लापरवाही गर्नेबाट क्षतिपूर्ति भराई लिन पाउने देवानी संहिता २०७५ अन्तर्गत दुष्कृति सम्बन्धी कानूनमा गरिएको छ ।

होली पर्व मनाउने सबैले यदि कसैलाई पानी छ्याप्ने, लोला हान्ने, अरुको घरमा बेलुन फाल्ने, कसैको जिउमा पानी वा लोलाले हिर्काउने जस्ता कुनै पनि कार्यबाट असुविधा हुन गएमा वा कुनै घाउ चोट वा बिरामी पर्न गएमा दुष्कृति कानून अन्तर्गत अब सम्पूर्ण क्षति बहोर्नु पर्ने हुन्छ तेसैले आफु खुशी, आपसी मन्जुरी तथा सहमतिमा अरु कसैको बाधा विरोध नहुने गरि मात्र होली खेल्न पाइने हुँदा यसतपÞर्m सबैको ध्यान जानु जरुरी छ ।

अर्को महत्वपूर्ण कुरा भनेको आपसी मन्जुरी र सहमति भएकै अवस्थामा पनि साथीहरु बिच होली खेल्ने क्रममा समेत लापरवाही गरेर सहमतिको मात्रा र परिस्थितिको ख्याल नगरी अधिक बल प्रयोग गरेर होली खेलेको कारणले आफ्नै साथीहरुलाई कुनै हानी नोक्सानी पुग्न गएमा वा जिउ ज्यानमा कुनै असर परेमा वा नोक्सान परेमा बिध्यमान दुष्कृति कानून अन्तर्गतसम् पूर्ण क्षति व्यहोर्नु पर्ने हुन्छ ।

आसन्न होली लगायतका सांस्कृतिक पर्व मनाउँदा मर्यादित र होसियारी अपनाउनु पर्ने विशेष अवस्था बाहेक दैनिक जीवनमा सबैले दुष्कृति कानूनको ख्याल गर्नु पर्ने अन्य विषयहरुमा सडक, बाटो, ढल निकास, खानेपानी आदिको निर्माण तथा मर्मत गर्दा पुरा सावधानी र सुरक्षा नगरी लापरवाही गरि छोडेमा त्यस्तो जोखिम र असुविधा अवस्थामा छोडेको सडकमा मानिसका जिउ ज्यान वा वारी साधनको नोक्सानी हुन गएमा त्यसको क्षतिपूर्ति सम्बन्धित व्यक्ति वा निकायले तिर्नु पर्ने हुन्छ । सडकमा खाल्टाखुल्टी छोडेमा, पानि जम्ने र हिलो छ्यापिने अवस्थामा रहेको सडक वा बाटो वा ढल निकासमा पैदल यात्रीलाई कुनै असुविधा वा नोक्सन भएमा क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ । यस्ता अरुलाई असुविधा पुग्ने लापरवाही कामहरुमा, सार्वजनिक यातायातमा ठूला आवाजमा गीत बजाएर सवारी चलाउनु, छिमेकी हरुलाई असुविधा र असजिलो हुने गरि आफ्नो घरमा ठुलो स्वरमा गाना बजाना गरि हो हल्ला गर्ने आदि कार्यबाटपनि असुविधा पर्न जाने छिमेकीले क्षतिपूर्ति भराई लिन पाउने व्यवस्था छ ।

यसकारण विशेष गरेर यो आसन्न होलीको सन्दर्भमा दुष्कृति सम्बन्धी कानून सक्रिय रहेकोले सबैले मर्यादित, सभ्य एवं होसियारी पूर्वक यो सांस्कृतिक पर्व मनाउन अनुरोध गर्दै प्रहरी र सुरक्षा कर्मीहरुले समेत सम्बन्धित सबैलाइ यो कानूनको बारेमा समेत जानकारी दिँदै कुनै अप्रिय घटनाको सूचना प्राप्त भएमा सोहीे अनुसारको सूचना संकलन गरेर कानूनको मर्यादा र प्रभावकारितामा सहयोग पुर्‍याउन आग्रह गर्दछु ।

(लेखक डा.नारायण घिमिरे वरिष्ठ अधिवक्ता हुन् ।)

चैत ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्