अ
+
अ
अ
-
चाहे प्रार्थना गरोस् कि मन्त्र जपोस्
या कुनै अनुष्ठान गरोस्
बस ! चुपचाप बसिदिए भैगो
त्यस्तो जाबो देउता त
म नि बनिदिन सक्छु !
दिनहरू जसरी चलोस्
जम्मा बर्षमा एउटा जात्रा चले हुन्छ
कुनै पर्व या व्रतमा इच्छाइए जस्तो
केही हार्दिकता पनि त गर्नु पर्दैन
अनि केही जवाफ नि दिनु पर्दैन
बस ! चुपचाप बसिदिए भैगो
त्यस्तो जाबो देउता त
म नि बनिदिन सक्छु !
जत्तिकै संघर्षका कथा हुन्
वा पीडाका मर्मान्तहरु
या कुनै गजलमा पोखिएको
मुटुकै रगत किन नहोस्
जीवनदेखि हार खाएर
झुन्डिएको सन्तानको
जुठो बारेको अवसाद किन नहोस् ?
बस ! चुपचाप बसिदिए भैगो
त्यस्तो जाबो देउता त
म नि बनिदिन सक्छु ।
कथामा जोडिने
उपकथाहरु कैयन छन्
बहिरो र अपांग ईश्वरलाई
बस ! चुपचाप बसिदिए भै’गो
त्यस्तो जाबो द्यौता त
म नि बनिदिन सक्छु !
द्यौताको
यस धरतीमा अवतार
धेरै पढेको छु मैले
तर अब हेर्नु छ
उसले मान्छेको अवतार
कहिले लिने हो ?
नत्र भने
बस ! चुपचाप बसिदिए भैगो
त्यस्तो जाबो द्यौता त
म नि बनिदिन सक्छु ।
भर्खरै
लोकप्रिय
