२०८२ मंसिरभित्रै कांग्रेस महाधिवेशन गर्न गगनको प्रस्ताव (पूर्ण पाठसहित)

२०८२ मंसिरभित्रै कांग्रेस महाधिवेशन गर्न गगनको प्रस्ताव (पूर्ण पाठसहित)
फाइल तस्बिर ।
+
-

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा पेस गर्न तयार पारेको सांगठनिक प्रस्तावमाथि बिहीबार केन्द्रीय समिति बैठकमा छलफल भएको छ।

प्रस्तावमा  २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने गरी सांगठानिक प्रस्ताव गगनले तयार पारेका छन्। कांग्रेसले २०७८ मंसिरमा चौधौँ महाधिवेशन गरेको थियो। कांग्रेसको विधानमा हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।

गोदाबरीमा फागुन ७ गतेदेखि सुरु हुने ४ दिवसीय महासमिति बैठकमा गगनको प्रस्ताव पेस हुनेछ।

महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रस्तावमा वडादेखि केन्द्रीय महाधिवेशनसम्म गर्न कार्यतालिका समेटिएको छ। २०८१ मंसिर १५ भित्र वडा अधिवेशन र मंसिर मसान्तभित्र गाउँ वा नगर अधिवेशन गर्ने प्रस्ताव पनि गगनले राखेका छन्।

गगनको प्रस्तावअनुसार २०८१ साउन मसान्तभित्र पार्टी विधान संशोधन गर्ने विषयमा सुझाव संकलन गर्ने, असोजमा विधान महाधिवेशन गर्ने र कात्तिकभित्र पारित विधान र अद्यावधिक क्रियाशील सदस्यको नाम केन्द्रीय निर्वाचन समितिलाई बुझाइने छ।

०८२ भदौ मसान्तभित्र प्रदेश सभा, प्रतिनिधि सभा, केन्द्रीय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य चयन गरिसक्ने गरी महामन्त्री गगनले प्रस्ताव गरेका छन्। न र मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…