कविता

कठघरामा उभिएर !

कठघरामा उभिएर !
+
-

क्षमाप्रार्थी छु म ! लज्जित छु म !

 

तिम्रो मस्तिष्कको आयतनभन्दा निकै पर

मनुस्मृतिहरुले कुण्ठित संविधानभित्र

वा इतिहासले तिम्रो नागरिकतामा

लोग्ने मानिसको नाम लेखेदेखि

तिमीले लडेका महाभारतहरु

गान्धारीको बिधाताबन्दी

अग्नि परीक्षाको प्राप्ताकं

सीताले स्विकारेको वनबास

मीराले पिएको बिष

अहिल्यालाई दिएको श्राप

सतीहरुको क्रन्दन

आफैं जन्मँदाको

प्रसव वेदनाको लागि

हृदयदेखि नै माफी माग्दै

तिम्रो घाउमा मल्हम लगाएर

मेट्नु छ मलाई

आफ्नै निधारमा लागेको महा-कलंक ।

 

ए सूपर्णखा !

के मलाई अध्यागमन अनुमति छ

तिम्रो महायात्राका राजमार्ग घुम्न ?

 

तिमीले खुवाएको खिरले

म तथागत भएँ

तर तिमी त्यतै कतै हरायौ

निरञ्जना नदी किनारमा

अब मैले थप्नु पर्छ

अष्ठागं मार्गमा

एक नयाँ अध्याय

तिम्रो नाममा अर्को एक अङ्ग ।

वंशको व्याख्यानमा अस्वीकृत

तिम्रो रक्तकोषको

ऋण तिर्न बाँकी नै छ ।

र च्यात्नु छ

धुजाधुजा पारेर

वलात समयले लिएको

तिम्रो सपनाको

बन्धकी तमसुक ।

र गर्नुछ

सम्बन्धको पुनर्व्याख्यान ।

 

तर

म माफी पनि माग्न सक्दिन

केहि अपराधहरुको

पहिलो स्वास पनि नफेरेको

भ्रुण हत्याको

छेको भित्र रहेको

बिरुपाक्ष प्रवृत्तिको ।

 

स्विकार छ, भन के सजाय छ

यी अपराधहरुको ।

 

आज

तिम्रो इजलासको कठघरामा

निहुरिएर

मलाई गर्नुछ

एक साविति बयान

र माफी माग्दै पढ्नु छ

“प्रणय वेदका ऋचाहरु”

 

तिम्रो अस्तित्वको आयाममा

भित्रै बसेर

अलिकति ‘तिमी’ नै बाँच्ने मन छ

ए नारी !

के मलाई स्थायी बसोबासको

अनुमति छ त महोदया ?

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…