पसाउन लागेको धानको बोट सुक्दा पाल्पाका कृषक चिन्तित

पसाउन लागेको धानको बोट सुक्दा पाल्पाका कृषक चिन्तित
+
-

रामपुर- पाल्पा रामपुर नगरपालिकामा लगाइएको धान पसाउने समयमा बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको धान पसाउने समयमा बोट सुक्दै जान थालेको जानकारी दिइन्।

उनले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा यस्तो समस्या देखिएको हो। हर्दिनाथ जातको धानमा भने समस्या नदेखिएको उनले बताइन्। गत भदौको तेस्रो हप्ताबाट धानबालीमा समस्या देखिएको किसान पङ्गेनीको भनाइ छ।

‘पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार-पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरे तर काम गरेन्, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन।’

‘धान उत्पादन गरेर घरखर्चका लागि बिक्रीसमेत गर्ने  गरेका किसानलाई आगामी दिनमा गर्जो टार्नका लागि अन्य विकल्प खोज्नु पर्ने चुनौती थपिएको छ। उनका अनुसार धानको गाँजहरु राम्रो आएको भएपनि धान फल्ने समयमा धमाधम बोट मर्न थाल्दा चिन्ता थप्यो। उनले भनिन् ‘खनजोत, बीउ खरिद, गोडमेल गर्दा धेरै खर्च लागेको छ, सबै लगानी माटोमा विलिन भयो।’

जिल्लामा सबैभन्दा धेरै रामपुर नगरपालिकामा धानबालीमा समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताए। विशेषगरी रामपुरको वडा नं ५ र ६ मा धानमा रोगको समस्या बढी छ। रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचारपश्चात् क्रमिक रूपमा सुधार भएको बताए।

रामपुर नगरपालिकाभित्र करिब एक हजार सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। करिब छ सय हेक्टरमा यस वर्ष धानबालीमा समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए। समस्या देखिएका कृषकका खेतबारीमा पुगेर स्थलगत अवलोकन गरी विषादी वितरण गरिएको बताए।

रासस

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…