के युएइले पनि इरानमाथि आक्रमण गरेको हो?

के युएइले पनि इरानमाथि आक्रमण गरेको हो?
+
-
देशसञ्चार AI सारांश
  • ‘द वाल स्ट्रेट जोर्नल’ मा प्रकाशित रिपोर्टअनुसार अप्रिलमा इरानको लावान द्वीपमा युएइले तेल प्रशोधन केन्द्रमाथि हमला गरेको थियो।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई अविश्वसनीय भएको आरोप लगाउँदै वार्ता लम्ब्याउने गरेको बताएका छन्।
  • अमेरिका र इरानबीचको शान्ति वार्ता स्ट्रेट अफ हर्मुजमा अमेरिकी नाकाबन्दी, परमाणु कार्यक्रमलगायत विषयमा अड्किएको छ।

संयुक्त अरब इमिरेट्स (युएइ) ले पनि इरानमाथि गोप्य सैन्य हमला गरेको दाबी एक रिपोर्टमा गरिएको छ। ‘द वाल स्ट्रेट जोर्नल’ मा प्रकाशित एक रिपोर्टअनुसार अप्रिलमा इरानको लावान द्वीपस्थित तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको थियो र उक्त आक्रमण युएइले गरेको उसले जनाएको छ। जसका कारण त्यहाँ ठूलो आगलागी भएको थियो र उत्पादन लामो समयसम्म प्रभावित बनेको थियो।

रिपोर्टका अनुसार हमला अप्रिलको सुरुआतमै भएको थियो, ठीक त्यही बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेका थए। त्यसबेला इरानले उक्त रिफाइनरी शत्रुपक्षको आक्रमणबाट क्षतिग्रस्त भएको जनाएको थियो। त्यसपछि तेहरानले युएइ र कुवेतमाथि मिसाइल तथा ड्रोन हमला गरेको बताइएको छ।

रिपोर्टमा युएइले यी आक्रमणको सार्वजनिक रूपमा स्वीकार नगरेको उल्लेख छ। तर युएइको विदेश मन्त्रालयले देशलाई कुनै पनि शत्रुतापूर्ण गतिविधिको जवाफ दिने अधिकार रहेको, आवश्यक परे सैन्य कारबाहीसमेत गर्न सकिने बताएको छ। रिपोर्टअनुसार अमेरिका भने यस हमलाप्रति असन्तुष्ट थिएन, किनभने त्यतिबेला युद्धविराम पूर्ण रूपमा लागू भइसकेको थिएन।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई अविश्वसनीय भएको आरोप लगाएका छन्। उनले इरानी नेताहरूले बारम्बार आफ्नो धारणा बदल्ने र वार्तालाई लम्ब्याउने गरेको बताएका छन्। ट्रम्पले आरोप लगाउँदै भने ‘२० मिनेटमै आइपुग्नुपर्ने कागजात इरानले पाँच दिनपछि पठाउँछ।’

अमेरिका र इरानबीचको शान्ति वार्ता अहिले धेरै संवेदनशील विषयमा अड्किएको छ। स्ट्रेट अफ हर्मुजमा इरानी जहाजमाथिको अमेरिकी नाकाबन्दी, परमाणु कार्यक्रम, प्रतिबन्धमा छुट तथा ब्यालेस्टिक मिसाइलजस्ता विषयमा दुवै देशबीच अझै गम्भीर मतभेद कायम छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…