डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल नेपालको मेरुदण्ड: क्यान वरिष्ठ उपाध्यक्ष अधिकारी

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल नेपालको मेरुदण्ड: क्यान वरिष्ठ उपाध्यक्ष अधिकारी
+
-
देशसञ्चार AI सारांश
  • वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजिटल अर्थतन्त्रको ‘मेरुदण्ड’ भने।
  • क्लाउड प्रविधिले स्टार्टअपदेखि ठूला उद्योगसम्म व्यवसाय विस्तार र सुरक्षा प्रणालीमा ठूलो लगानी राहत दिन्छ।
  • उनले डिजिटल पूर्वाधार र रणनीतिका आधारमा नेपाललाई ‘टेक हब’ बनाउन पर्याप्त सम्भावना रहेको बताए।

ललितपुर — कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक ‘मेरुदण्ड’ को संज्ञा दिएका छन्।

ललितपुरमा आयोजित ‘क्यान बिटुबी (B2B) समिट २०२५’लाई सम्बोधन गर्दै उनले बलियो डिजिटल पूर्वाधार बिना मुलुकको डिजिटल सपना अधुरो रहने स्पष्ट पारे। प्रविधि अब केवल विलासिता नभएर अर्थतन्त्रको आधारभूत आवश्यकता बनिसकेको उनको जिकिर थियो।

स्टार्टअप र उद्योगका लागि वरदान

उपाध्यक्ष अधिकारीका अनुसार साना स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड प्रविधि अपरिहार्य छ। यसले उद्यमीहरूलाई महँगो सर्भर र सुरक्षा प्रणालीमा गर्नुपर्ने ठूलो लगानीबाट राहत दिई व्यवसाय विस्तारमा सघाउ पुर्‍याउँछ।

विशेषगरी इ-कमर्स, फिनटेक र आइटी क्षेत्रमा लाग्न चाहने युवा पुस्ताका लागि भरपर्दो क्लाउड पूर्वाधारले सफलताको ढोका खोल्ने विश्वास उनले व्यक्त गरे।

विश्वव्यापी बजार र नेपालको रणनीति

विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले सन् २०३० सम्ममा डेटा सेन्टरको बजार ६०२ बिलियन डलर पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए। इस्टोनिया, सिंगापुर र भारत जस्ता देशहरूले डिजिटल पूर्वाधारमा लगानी गरेरै उन्नति गरेको उदाहरण दिँदै उनले नेपालले पनि समयमै उचित रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। सुरक्षित डेटा भण्डारण नै डिजिटल रूपान्तरणको मुख्य आधार भएको उनको तर्क थियो।

सुधारका लागि तीन-बुँदे प्रस्ताव

नेपालको प्रविधि क्षेत्रमा रहेका चुनौतीहरूलाई सम्बोधन गर्न उपाध्यक्ष अधिकारीले तीनवटा मुख्य सुधारका योजनाहरू अघि सारेका छन्। जसमा डेटा संरक्षण र स्थानीयकरणका लागि ‘नीतिगत सुधार’, बजारको माग अनुसारको ‘दक्ष जनशक्ति’ उत्पादन, र दूरसञ्चार विकास कोषको प्रयोग गरी ‘डिजिटल समावेशिता’ लाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बुँदाहरू समेटिएका छन्।

नेपाललाई ‘टेक हब’ बनाउने संकल्प

नेपाललाई दक्षिण एसियाकै ‘टेक हब’ (प्रविधि केन्द्र) को रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको उनले बताए। सार्वजनिक-निजी साझेदारीमार्फत विदेशी लगानी भित्र्याउन यो उपयुक्त समय भएको उल्लेख गर्दै उनले सबैको सहकार्यले मात्र नेपाली प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…