नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक

नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • सेगवे E110L स्कुटरमा विशेष छुट र उपहार योजना ल्याइएको छ जसमा डिजिटल ट्याब र अन्य उपहार समावेश छन्।
  • पहिलो २५ ग्राहकलाई ‘अर्ली बर्ड’ डिस्काउन्ट दिइनेछ, जसमा ४१,००० रुपैयाँसम्म बचत गर्न सकिनेछ।
  • स्कुटरमा अत्याधुनिक स्मार्ट सुविधासहित ६२ किलोमिटर प्रतिघण्टाको गति र ६०-११० किलोमिटर रेन्ज छ।

काठमाडौँ — सेगवेको आधिकारिक वितरक आइहब प्रा. लि. ले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा सेगवे E110L मोडेलको स्कुटरमा विशेष छुट र उपहार योजना सार्वजनिक गरेको छ

नेपाली बजारमा अत्यधिक रुचाइएको यो स्कुटर पुनः स्टकमा उपलब्ध गराउँदै कम्पनीले यसको मूल्य रु. २,८४,९९९ कायम गरेको छ यस अफर अन्तर्गत ग्राहकहरूले स्कुटरको खरिदमा डिजिटल ट्याब, ब्रान्डेड हेलमेट, स्कुटर कभर र टोटे ब्याग जस्ता आकर्षक उपहारहरू निःशुल्क प्राप्त गर्नेछन्

यसका साथै, कम्पनीले पहिलो २५ जना ग्राहकका लागि ‘अर्ली बर्ड’ डिस्काउन्टको समेत व्यवस्था गरेको छ, जस अन्तर्गत खरिद गरिने मोडेल अनुसार अधिकतम रु. ४१,००० सम्म बचत गर्न सकिनेछ

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (AMC), शून्य प्रतिशत इएमआई (0% EMI) र पुरानो सवारीसँग साट्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ

प्राविधिक पक्षतर्फ, सेगवे E110L मा २४०० वाटको मोटर जडान गरिएको छ, जसले १५० न्यूटन–मिटर टर्क प्रदान गर्दछ र अधिकतम ६२ किलोमिटर प्रतिघण्टाको गति दिन्छ यसमा रहेको ७२ भोल्ट २४ एम्पियर–घण्टाको लिथियम ब्याट्रीले एक पटकको फुल चार्जमा ६० देखि ११० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ

सुरक्षा र सहजताका लागि यसमा जीपीएस ट्र्याकिङ, एन्टि–थेफ्ट सिस्टम, क्रूज कन्ट्रोल, र रिजेनेरेटिभ ब्रेकिङ जस्ता अत्याधुनिक स्मार्ट सुविधाहरू समावेश गरिएका छन् २७ लिटरको बुट स्पेस र १३० मिमी ग्राउन्ड क्लियरेन्स भएको यो स्कुटर सहरी यात्राका लागि निकै उपयुक्त मानिएको छ

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…