- अभिनेता सागर लम्साल ‘बले’लाई बलात्कारको आरोपपछि चलचित्र ‘पाँच पाण्डव’बाट निकालिएको कर्णाली फिल्म्सले जनाएको छ।
- मुख्य कलाकार हटाउँदा आर्थिक क्षति भए पनि पीडितको पीडामाथि कुनै सम्झौता नगर्नुको निर्णय गरिएको छ।
- लम्सालका छायाङ्कन गरिएका दृश्य समावेश नगर्ने निर्णयसँगै सत्यतथ्य छानबिनका लागि माग गरिएको छ।
काठमाडौं- अमेरिका बस्ने एक नेपाली युवतीले सामाजिक सञ्जालमा बलात्कारको आरोप लगाएपछि अभिनेता सागर लम्साल ‘बले’लाई निर्माताले निर्माणाधीन चलचित्रबाट निकालेका छन्।
कालिरानी फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र ‘पाँच पाण्डव’बाट अभिनेता सागर लम्साल ‘बले’ लाई निकालिएको विज्ञप्तिमा उल्लेख छ।
लम्सालमाथि बलात्कारको आरोप लागेपछि चलचित्र निर्माण पक्षले आपतकालीन बैठक बसेर उनलाई चलचित्रबाट हटाउने निर्णय गरेको हो।
निर्माण कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा आरोप गम्भीर प्रकृतिको भएकाले नैतिकताका आधारमा लम्साललाई चलचित्रबाट निष्कासन गरिएको उल्लेख गरिएको जनाएको छ। कम्पनीले घटनाको सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायसँग माग पनि गरेको छ।
चैत २ गतेदेखि झापा आसपास क्षेत्रमा छायाङ्कन भइरहेको उक्त चलचित्रमा लम्सालको करिब ९० प्रतिशत दृश्य छायाङ्कन भइसके पनि उनका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने निर्णय गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ।
चलचित्रको छायांकनकै क्रममा मुख्य कलाकार हटाउनु पर्दा आर्थिक क्षति हुने भए पनि पीडित युवतीको पीडाभन्दा त्यो ठूलो नभएको पनि निर्माण टिमले विज्ञप्तिमा उल्लेख छ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले आरोपितलाई प्रश्रय दिनु वा न्यायिक प्रक्रियामा प्रभाव पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै लम्सालसँगको करार तत्काल रद्द गरिएको जानकारी दिए।

भर्खरै
लोकप्रिय
