स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त
+
-
देशसञ्चार AI सारांश
  • जनक शर्मा पौड्याललाई स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अप्रिल २, २०२६ देखि नियुक्त गरिएको छ।
  • पौड्यालसँग, नेपालका दुई ठूला वाणिज्य बैंकहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल अनुभव छ।
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ‘ICRANP-IR AAA’ रेटिङ लगातार पाँचौँ वर्षसम्म प्राप्त गरेको छ।

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले जनक शर्मा पौड्याललाई बैंकको नयाँ स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ

सन् २०२६ मार्च ३१ मा बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई अप्रिल २, २०२६ देखि लागू हुने गरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले पूर्व स्वतन्त्र सञ्चालक सिद्धार्थ राज पाण्डेको स्थान लिनेछन्

नवनियुक्त सञ्चालक पौड्यालसँग बैंकिङ क्षेत्रमा लामो र गहन अनुभव रहेको छ। यसअघि उनले नेपालका दुई ठूला ‘क’ वर्गका वाणिज्य बैंकहरू—ग्लोबल आइएमई बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा सफल नेतृत्व प्रदान गरिसकेका छन्। उनले बेलायतको लन्डन स्कूल अफ कमर्सबाट एमबीए (MBA) तहको अध्ययन पूरा गरेका छन्

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय बैंक हो। यो बैंक लगातार पाँचौँ वर्षसम्म इक्रा नेपाल (ICRA Nepal) बाट ‘ICRANP-IR AAA’ रेटिङ प्राप्त गर्न सफल भएको छ, जसले यसलाई वित्तीय दायित्वहरू समयमै पूरा गर्ने सन्दर्भमा नेपालकै सबैभन्दा सुरक्षित बैंकको रूपमा प्रमाणित गर्दछ

बैंकले ५० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति जनाउँदै विश्वव्यापी बैंकिङ समूहको रूपमा सेवा प्रदान गर्दै आएको छ

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…