कांग्रेसको हार ‘भोट सिफ्ट’ नभई ‘स्वइङ’ मात्रै हो, अब सिफ्ट हुन नदिऔँः कोइराला

कांग्रेसको हार ‘भोट सिफ्ट’ नभई ‘स्वइङ’ मात्रै हो, अब सिफ्ट हुन नदिऔँः कोइराला
+
-
देशसञ्चार AI सारांश
  • डा. शेखर कोइरालाले कांग्रेसको पराजयलाई स्वइङ भोटको परिणाम भनेका छन्, जहाँ मतदाताले पार्टी नफेरी मात्र मत फेरेका हुन्।
  • उनले अबको लडाई लिबरल डेमोक्रेट्सहरूसँग भएकाले कांग्रेसले संगठन बलियो बनाउन जोड दिनुपर्ने बताए।
  • कोइरालाले विशेष अधिवेशनमा जानुपर्ने अडान राख्दै पार्टी एकताका लागि अन्त्यसम्म लागिरहने प्रतिवद्धता जनाएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गत निर्वाचनमा कांग्रेसको पराजयलाई ‘स्वइङ भोट’ को संज्ञा दिएका छन्। शनिबार काठमाडौँमा विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कोइरालाले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको दाबी गर्दै अब मत सिफ्ट हुन दिनु नहुने बताए। ‘अहिले मलाई के लाग्छ भने यसपालिको निर्वाचनले जो हामी पराजित भयौँ, स्वइङ भोट भएको छ। भोट सिफ्ट भएको छैन। फरक छ स्वइङ भोट र सिफ्ट भोटमा। यसपालिको भोट स्वइङ मात्रै भएको छ । अब सिफ्ट हुन चाहीँ हामीले नदिऔँ। त्यसमा हामीले ख्याल गर्नुपर्ने आवश्यकता छ । पहिले पहिले हाम्रो लडाई वामपन्थीहरुसित हुन्थ्यो सजिलो थियो। अबको लडाई लिबरल डेमोक्रेट्सहरुसित हाम्रो लडाई छ । त्यो लडाईमा हाम्रो हामी पछि पर्नुहुँदैन भन्ने मलाई लाग्छ’, कोइरालाले भने।

उनले संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण रहेको स्वीकार गरे। अबको लडाइँ वामपन्थीसँग भन्दा पनि ‘लिबरल डेमोक्रेट्स’ हरूसँग हुने भएकाले संगठन बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

कोइरालाले आफूले शुरुदेखि नै केन्द्रिय समितिको निर्णयबाट विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको स्मरण गराए। विशेष अधिवेशनबाट गगन थापा सभापति भएको सन्दर्भ जोड्दै उनले यस विषयमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको मुद्दाको किनारा लाग्न बाँकी रहेको बताए।

अदालतको प्रक्रिया जे–जस्तो भएपनि पार्टीलाई एकतावद्ध बनाउन आफू अन्त्यसम्म लागिरहने उनले प्रतिवद्धता जनाए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…