- सदरमुकाम सिमकोटबाट प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा एसईई परीक्षा केन्द्रहरूको अनुगमन गरिएको छ।
- अनुगमन टोलीले हिमज्योती मावि परीक्षा केन्द्रमा परीक्षा शान्त र अनुशासित रहेको पुष्टि गरेको छ।
- परीक्षा केन्द्रमा १९७ जना परीक्षार्थीमध्ये १८७ जना सहभागी भएको र विशेष प्रबंध गरिएका छन्।
हुम्ला – जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सदरमुकाम सिमकोटबाहिरका माध्यकि शिक्षा परीक्षा (एसईई) केन्द्रहरुको स्थलगत अनुगमन गरेका छन्।
परीक्षालाई सहज र मर्यादित रुपमा सञ्चालन गर्नका लागि सदरमुकाम सिमकोटबाट निस्केर अनुगमन गरिएको हो।
सिमकोटबाट तीन घण्टा दुरी टाढाको सर्केगार्ड गाउँपालिका केन्द्रमा रहेको हिमज्योती मावि परीक्षा केन्द्रमा सञ्चारन भई रहेको एसईई परीक्षाको प्रमुख जिल्ला अधिकारी रेग्मीको नेतृत्वमा आएको टोलीले अनुगमन कार्य गरेको शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख खड्क बहादुर हमालले बताए। एसईई परीक्षालाई मर्यादित र अनुशासीत तरिकाले सञ्चालन गर्नका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व आएको टोलीले परीक्षाको स्थलगत अनुगमन गरेको उनले बताए।
उक्त परीक्षा केन्द्रको अनुगमन गरि सकेपछि प्रजिअ रेग्मीले परीक्षा शान्त र अनुशासीत तरिकाले सञ्चालन भएको प्रतिकृया दिए। शुक्रबार उक्त परीक्षा केन्द्रमा १९७ जना परीक्षार्थीहरुले परीक्षा फर्म भरेकोमा १८७ जना परीक्षार्थीहरुले परीक्षामा सहभागिता जनाएका थिए।
उक्त परीक्षा केन्द्रमा जिल्ला मै एक जना मात्र महिला प्राधानाध्यापक रहनु भएकी कल्पना बुढाथोकी रोकाया केन्द्राध्यक्षका रुपमा रहेकी छन्। यसैबिच उक्त परीक्षा केन्द्रमा ३६ वर्षका बाँचे जैसीले परीक्षामा सहभागिता जनाएका छन्। उनको दाँया हात बाँचिएको कारण एक जना सहयोगीको सहायतले परीक्षा दिई रहेका छन्।
भर्खरै
लोकप्रिय
