जेनजी आन्दोलनमा तोडफोड भएका शालिक राख्ने तयारी

जेनजी आन्दोलनमा तोडफोड भएका शालिक राख्ने तयारी
ताेडफाेड भएकाे शालिक निकाल्दै उपमहानगरपालिका ।
+
-

नेपालगन्ज – भदौ २४ गते जेनजी आन्दोलनको बेला तोडफोड भएका सहिद र नेताका शालिक पुनः राख्ने तयारी भएको छ। सहिद र नेताकोसँगै दोस्रो जनआन्दोलनको बेला फालिएको राजा विरेन्द्रको शालिक पनि राख्ने तयारी गरिएको छ।

जेनजी आन्दोलनमा सहिद सेतु विक, वीपी, पुष्पलाल र गणेशमानका शालिक तोडफोड भएका थिए। नेपालगन्ज उपमहानगरपालिकाले सहिद, नेता र राजा विरेन्द्रको शालिक बनाएर ल्याइसकेको जनाएको छ।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सबै शालिक बनाएर ल्याइसकेको र अब बैठक बसेर राख्ने जानकारी दिए।

नयाँ शालिक राख्नका लागि उपमहानगरपालिकाले तोडफोडपछि कुरुप भएका शालिकलाई बाहिर निकालेको छ। नयाँ शालिक राख्नु अघि त्यहाँ सरसफाई गरिरहेको छ।

प्रवक्ता रिजालले गणेशमानको शालिकको सामान्य तोडफोड भएकाले त्यसलाई मर्मत गर्ने कार्य सुरु भइसकेको बताए। उनले अन्य शालिक एकैपटक राख्ने तयारी रहेको बताए।

२०६२/०६३ को दोस्रो आन्दोलनको बेला फालिएको विरेन्द्रको शालिक पुनः राख्न राजावादी धेरै प्रयास गरेपनि सफल हुन सकेका थिएनन्। यसपाली सहिद, नेताकोसँगै विरेन्द्रको पनि शालिक राख्ने भनेपछि खुसी भएका छन्। राजावादी जोडबल गरेर राजा त्रिभुवनको शालिक भने राखिसकेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…