दुर्गम रोवा गाउँमा प्रहरी पोस्ट सञ्चालनमा

दुर्गम रोवा गाउँमा प्रहरी पोस्ट सञ्चालनमा
+
-
देशसञ्चार AI सारांश
  • छायाँनाथ रारा नगरपालिकाको दुर्गम रोवा गाउँमा नयाँ प्रहरी पोस्ट सञ्चालनमा आएसँगै स्थानीयले प्रहरी सेवा नजिकै पाउने भएका छन्।
  • बढ्दो चोरी-डकैती र सामाजिक विवादलाई नियन्त्रण गर्न सरकारको समर्थनले कार्यान्वयनमा आएको यस पोस्टले सुरक्षा चुनौतीलाई सम्बोधन गर्नेछ।
  • प्रहरी पोस्ट उद्घाटन कार्यक्रममा सहभागी स्थानीय अधिकारीहरूले यसले शान्ति सुरक्षा कायम गर्दै सुसासनमा योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन्।

मुगु – जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ११ मा पर्ने दुर्गम रोवा गाउँमा अन्ततः प्रहरी पोस्ट सञ्चालनमा आएको छ। लामो समयदेखि सुरक्षा निकायको पहुँच बाहिर रहेको यस क्षेत्रका बासिन्दाले अब नजिकमै प्रहरी सेवा पाउने भएका छन्।

स्थानीय स्तरमा बढ्दो सुरक्षा चुनौती, चोरी–डकैती तथा सामाजिक विवादलाई नियन्त्रण गर्न प्रहरी पोस्ट आवश्यक रहेको भन्दै स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएका थिए। सामाजिक अभियन्ता अनिल बाँनियाँको पहलमा सरकारबाट प्रहरी पोस्ट स्वीकृत भई सञ्चालनमा आएको हो।

प्रहरी पोस्ट स्थापना भएसँगै अब शान्ति सुरक्षा कायम गर्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा विपद्का बेला तत्काल उद्धार तथा सहयोग पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीयमा सुरक्षाको अनुभूति बढ्नुका साथै सरकारी उपस्थितिलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ। स्थानिय स्तरमानै अस्थाई प्रहरी पाेष्ट स्थापना भए पछि छायाँनाथराराका राेवा , साेभा, र्याङ्चेकाटी, लुम्स, चराप, गाँडापानी, झाकाेट, तलिलेक, लुहारपाेल्ना, घट्टललेक लगायत करिब एक दर्जन बस्तीहरूमा फाईदा पुग्ने छ ।

प्रहरी पाेष्ट ओैपचारिक रूपमा सन्चालन गर्नकाे लागि नगर प्रमुख बिष्णुकुमार भाम उपप्रमुख ऐश्वर्य मल्ल, प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, प्रहरीनायब उपरिक्षक रबिराज थपलिया, वडा अध्यक्ष कुन्जुमा कुमाईले आज एक ओैपचारिक कार्यक्रमका बिच संयुक्त रूपबाट प्रहरी पाेष्ट उद्घाटन गरिएकाे प्रहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिए ।

स्थानीयवासीले प्रहरी पोस्ट सञ्चालनमा आएकोप्रति खुशी व्यक्त गर्दै यसले गाउँको सुसासन र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा रााख्नुनुकाे साथै जनताकाे सुरक्षाकाे लागि प्रहरी पाेष्ट स्वीकृत गर्ने नेपाल सरकार पहल गर्ने सामाजिक अभियनता अनिल बाँनियालाई धन्यवाद दिएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…