चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
साङ्केतिक चित्र : एआई
+
-
देशसञ्चार AI सारांश
  • अत्याधुनिक क्यामेराहरू हुँदाहुँदै पनि नासा मानव आँखाको सूक्ष्म दृष्टिविन्यासको अपरिहार्यता ठान्दै प्रत्यक्ष अवलोकनमा जोड दिन्छ।
  • चन्द्रमाको वरिपरि उडान गर्दै अन्तरिक्ष यात्रीहरूले सूक्ष्म परिवर्तनहरू विश्लेषण गर्ने अद्वितीय क्षमतालाई महत्त्वपूर्ण मानिएको छ।
  • दुई वर्षको कठोर प्रशिक्षणपछि टोली चन्द्रमाका १५ भू-विशेषताहरूमा केन्द्रित अभ्यासको आधारमा सुसज्जित रहेको छ।

अत्याधुनिक प्रविधिको युगमा समेत चन्द्रमाको अध्ययनका लागि नासाले फेरि मानव आँखामाथि नै भरोसा गर्न लागेको छ। मानवले पहिलो पटक चन्द्रमाको वरिपरि उडान गरेको पाँच दशकभन्दा बढी समयपछि आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरूले सोमबार उक्त उपलब्धि दोहोर्या उँदै चन्द्र सतहको अवलोकन आफ्नै आँखाबाट गर्ने तयारी गरेका छन्।

अपोलो मिसनपछि प्रविधिमा ठूलो प्रगति भए पनि नासाका वैज्ञानिकहरू अझै पनि प्रत्यक्ष मानवीय दृष्टिलाई अपरिहार्य ठानिरहेका छन्। आर्टेमिस–२ मिसनका प्रमुख वैज्ञानिक केल्सी यङका अनुसार मानव आँखा आफैँमा सबैभन्दा सक्षम ‘क्यामेरा’ हो, जसले सूक्ष्म विवरण र रङहरू क्यामेराभन्दा प्रभावकारी रूपमा छुट्याउन सक्छ। उहाँले मानव आँखामा रहेका रिसेप्टरहरूको सङ्ख्या अत्यधिक हुने भएकाले दृश्य विश्लेषणमा यसको भूमिका महत्त्वपूर्ण रहने बताए।

आधुनिक क्यामेराहरू केही पक्षमा अगाडि भए पनि मानव आँखाको रङ छुट्याउने क्षमता, सन्दर्भ बुझ्ने क्षमता र प्रकाशसँगको अन्तरक्रिया विश्लेषण गर्ने क्षमता अझै अद्वितीय रहेको उनको भनाइ छ। प्रकाशको कोण बदलिँदा सतहको बनावट र रङ कसरी परिवर्तन हुन्छ भन्ने कुरा मानिसले सहज रूपमा बुझ्न सक्छन्, जुन वैज्ञानिक रूपमा अत्यन्त उपयोगी मानिन्छ।

ओरियन अन्तरिक्षयानका चालक भिक्टर ग्लोभरले प्रस्थानअघि मानव आँखालाई ‘जादुई उपकरण’ का रूपमा वर्णन गर्नुभएको थियो। अन्तरिक्ष यात्रामा उनीहरूले प्रत्यक्ष अवलोकनमार्फत चन्द्र सतहका सूक्ष्म परिवर्तनहरू पहिचान गर्ने अपेक्षा गरिएको छ।

यस मिसनका चार सदस्यीय टोलीले दुई वर्षभन्दा बढी समय कठोर प्रशिक्षणमा बिताएका छन्। कक्षाकोठा अध्ययनसँगै आइसल्यान्ड र क्यानाडामा गरिएको भूगर्भीय अभ्यास तथा चन्द्र उडानका सिमुलेसनमार्फत उनीहरूलाई ‘फिल्ड वैज्ञानिक’ बनाउने लक्ष्य राखिएको थियो। अमेरिकी अन्तरिक्ष यात्री रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोचसँगै क्यानाडाका जेरेमी ह्यानसेनले चन्द्रमाका १५ प्रमुख भू–विशेषताहरू कण्ठ पारेर आफूलाई अभिमुखीकरण गर्न अभ्यास गर्नुभएको छ।

प्रशिक्षणका क्रममा इनफ्लेटेबल चन्द्र ग्लोब प्रयोग गरी सूर्यको कोणले सतहको रङ र बनावटमा पार्ने प्रभाव अवलोकन गरिएको थियो। यसले उनीहरूको अवलोकन क्षमता र नोट लिने सीपलाई अझ परिष्कृत बनाएको वैज्ञानिकहरूको विश्वास छ। केल्सी यङका अनुसार टोली उत्साहित मात्र होइन, पूर्ण रूपमा तयार पनि छ।

मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरूले नासाले तय गरेका १० प्रमुख वैज्ञानिक उद्देश्यअनुसार विभिन्न चन्द्र स्थलहरूको अध्ययन गर्नेछन्। चन्द्रमाको वरिपरि हुने उडान केही घन्टासम्म चल्नेछ, जसमा उनीहरूले क्यामेरासँगै आफ्नै आँखाबाट प्रत्यक्ष अवलोकन गर्नेछन्।

नासाका ग्रह भू–अध्ययन प्रमुख नोआ पेट्रोका अनुसार चन्द्रमा अन्तरिक्ष यात्रीहरूलाई हातको दूरीमा राखिएको बास्केटबलजस्तो देखिनेछ। उहाँले सबैभन्दा चासोको विषय चन्द्र सतहमा देखिने सूक्ष्म रङहरूको पहिचान हुने बताउनुभयो, जसले त्यहाँको संरचना र इतिहासबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ।

लुनार एन्ड प्लेनेटरी इन्स्टिच्युटका डेभिड क्रिङले अपोलो युगपछि धेरै उच्च–रिजोलुसन तस्बिरहरू उपलब्ध भइसकेकाले नयाँ ठूलो खोजको सम्भावना कम भए पनि अन्तरिक्ष यात्रीहरूले प्रत्यक्ष देखेका विवरणहरूको वर्णन आफैँमा ऐतिहासिक हुने बताए। उनका अनुसार यस्तो प्रत्यक्ष अनुभव कम्तीमा दुई पुस्ताले पहिलो पटक सुन्न पाउनेछन्।

आर्टेमिस–२ को उडान नासाले प्रत्यक्ष प्रसारण गर्नेछ, यद्यपि अन्तरिक्षयान चन्द्रमाको पछाडिपट्टि पुग्दा केही समय सम्पर्क विच्छेद हुनेछ। केल्सी यङले सिमुलेसनका क्रममा अन्तरिक्ष यात्रीहरूले दिएका विवरण सुन्दा नै रोमाञ्चक अनुभूति भएको उल्लेख गर्दै वास्तविक उडानमा अझ असाधारण अवलोकन आउने विश्वास व्यक्त गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…