संख्याका आधारमा दल र सांसदलाई फरक व्यवहार गर्दिन : सभामुख अर्याल

संख्याका आधारमा दल र सांसदलाई फरक व्यवहार गर्दिन : सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्याल।
+
-
देशसञ्चार AI सारांश
  • सभामुख डोलप्रसाद अर्यालले पदको गरिमा राख्दै निष्पक्ष तथा स्वतन्त्र रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्।
  • उनले संख्याका आधारमा कुनै दल वा सांसदप्रति भेदभाव नगर्ने र समान व्यवहार गर्ने बताए।
  • आफ्नो विगतको दलगत सम्बन्धलाई पछाडि राख्दै सभामुखको गरिमा कायम राख्ने अठोट व्यक्त गरे।

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले निष्पक्ष र स्वतन्त्र भएर कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्यालले आफू दलीय आधारमा संसद पुगेर सभामुख पदमा निर्वाचित भए पनि पदीय गरिमा राखेर काम गर्ने जनाएका हुन्।

उनी आइतबार सर्वसहमत रुपमा सभामुख चयन भएका थिए। अर्यालले संख्याका आधारमा दल वा सांसदहरुलाई सदन फरक व्यवाहार नगर्ने प्रतिबद्धता जनाए।

‘सबै सदस्यहरु मेरा लागि बराबर हुनुहुन्छ । यस गरिमामय सभाबाट प्राप्त सबैको सुझावलाई तटस्थ भएर कार्यान्वयन गर्नु मेरो परम कर्तव्य हुनेछ, अर्यालले अगाडि भने, ‘सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्र यस गरिमामय सभा र सदस्यहरुको ओज बढ्दछ भन्ने कुरामा म विश्वास दिलाउँछु। संख्याकै आधारमा कुनै भेदभाव हुँदैन र हुने पनि छैन।’

उनले आफू दलगत आधारमा निर्वाचित भएको भए पनि विगतको दलसँगको सम्बन्ध अन्त्य गरेर काम गर्ने उल्लेख गरे। ‘विगतमा राजनीतिक दलमा सहभागी भएकै कारण यस गरिमामय सभाको मर्यादा र आँचमा कुनै कमी हुन दिने छैन, उनले भने।

सभामुख अर्यालले संसद सञ्चालनमा सांसदहरुबाट क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गरे। उनले जेष्ठ सदस्यको हैसियतमा सदनको जिम्मेवारी वहन गरेक अर्जुननरसिंह केसी प्रति हार्दिक धन्यवाद व्यक्त गरे।

उनले सभामुखका रूपमा सोमबार पहिलोपटक संसद् सञ्चालन गरेका हुन्।

पहिलो दिनका केही तस्बिरहरू:

तस्बिरहरू: बर्षा शाह

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…