- यो सहकार्यले नेपाली बजारमा डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउँदै नयाँ प्रविधि भित्र्याउने विश्वास लिइएको छ।
- सिटी टेकको हार्डवेयर ‘FinPOS’ मा SCT को प्लेटफर्म एकीकृत गरिने, जसले विभिन्न कार्ड र क्यूआर भुक्तानीलाई सहज बनाउनेछ।
- SCT र सिटी टेकको संयोजनले बैंक र व्यवसायीहरूका लागि विस्तारयोग्य र किफायती POS डिभाइस उपलब्ध गराउने लक्ष्य राखेको छ।
काठमाडौं– नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई अझ सुदृढ र आधुनिक बनाउने उद्देश्यका साथ स्मार्टच्वाइस टेक्नोलोजिज (SCT) र सिटी टेक ग्रुप प्रा. लि. बीच एक महत्वपूर्ण रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउँदै नेपाली बजारमा नयाँ प्रविधि भित्र्याउने विश्वास लिइएको छ।
यस साझेदारीअनुसार सिटी टेकको हार्डवेयर ‘FinPOS’ मा SCT को भुक्तानी प्लेटफर्म एकीकृत गरिनेछ। यसबाट व्यापारीहरूले भिसा (Visa), युनियन पे (UnionPay), र नेपालपे (NepalPay) जस्ता विभिन्न कार्ड स्किमहरूका साथै स्मार्ट क्यूआर (Smart QR) मार्फत डाइनामिक क्यूआर भुक्तानीहरू सहजै स्वीकार गर्न सक्नेछन्।
SCT को बलियो भुक्तानी पूर्वाधार र सिटी टेकको आधुनिक प्रविधिको संयोजनले बैंक तथा व्यवसायीहरूका लागि विस्तारयोग्य (Scalable) POS डिभाइस उपलब्ध गराउने लक्ष्य राखेको छ।
विशेष गरी POS एक्वायरिङ व्यवसायमा संलग्न हुन चाहने बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूका लागि यो सेवा निकै फलदायी हुने देखिएको छ। कार्ड स्किमहरूको छुट्टाछुट्टै सदस्यता लिनु नपर्ने, प्रविधिमा थप लगानी र सुरक्षा प्रमाणीकरणको झन्झट नहुने भएकाले यो सेवा वित्तीय रूपमा पनि निकै किफायती रहने बताइएको छ।
दुई दशकदेखि सुरक्षित र भरपर्दो सेवा दिँदै आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो, जसले हाल स्मार्ट क्यूआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानी जस्ता विभिन्न डिजिटल सुविधाहरू प्रदान गर्दै आएको छ।
भर्खरै
लोकप्रिय
