- रास्वपाभित्रको असन्तुष्टि सम्बोधन गर्न प्रधानमन्त्री शाहले मन्त्रिहरुको वरियताक्रम हेरफेर गरेका छन्।
- सुधन गुरुङलाई पाँचौँ वरियता दिईएको छ, र शिशिर खनाल तेस्रो र विराज भक्त श्रेष्ठ चौथो वरियतामा पुगेका छन्।
- सोविता गौतमलाई सातौँ वरियतामा वढुवा गरिएको छ, जबकि सीता वादी आठौँ वरियतामा पुगेकी छन्।
काठमाडौँ – रास्वपाभित्रको असन्तुष्टि सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरुको वरियताक्रम हेरफेर गरेका छन्।
यसअघि सांसद र मन्त्री भइसकको भन्दा पनि पहिलोपटक सांसद भएर मन्त्री बनेकाहरुको वरियतामाथि हुँदा सरकारको कामकाजमै असर परेपछि मंगलबार शाहले वरियता सच्याएका हुन्।
पहिलोपटक सांसद हुँँदै गृह मन्त्री बनेका सुधन गुरुङ प्रधानमन्त्री शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेपछिको तेस्रो वरियतामा हुँदा रास्वपाभित्र चर्को असन्तुष्ट थियो।
उनलाई अहिले पाँचौँ नम्बरको वरियता दिइएको छ। यसअघि नै मन्त्री भइसकेका र अहिले दोस्रोपटक मन्त्री बनेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रोमा र प्रदेशसहित गरी तीनपटक सांसद र दोस्रोपटक मन्त्री बनेका विराज भक्त श्रेष्ठलाई चौथो वरियतामा राखिएको छ। यसअघि उनीहरुलाई चौथो र छैठौँ नम्बरमा थिए।
त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई १२औँ नम्बरबाट सातौँमा वढुवा गरिएको छ। उनले चैत १३ गते मन्त्री नियुक्त हुने बेलामै आफ्नो वरियताप्रति चासो राख्दै माथिल्लो तहमा मागेका थिइन्।
त्यसपछि पनि निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएकी गौतमलाई सातौँमा राखिएको हो। उनी दोस्रोपटक सांसद भएर पहिलोपल्ट मन्त्री बनेकी हुन्।
१५औँ नम्बरमा रहेकी सीता वादीलाई मंगलबार आठौँ वरियतामा दिइएको छ। यसअघि पाँचौ वरियतामा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल छैठौँमा, पर्यटनमन्त्री खडकराज पौडेल सातौँ वरियताबाट १२औँ नम्बरमा पुगेका छन्।

भर्खरै
लोकप्रिय
