फाप्ला क्रिकेट मैदान उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

फाप्ला क्रिकेट मैदान उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल
+
-

धनगढी – युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदूरपश्चिमको ड्रिम प्रोजेक्टका रूपमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरव र विशेष प्राथमिकताको आयोजनाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार फाप्ला क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणका लागि धनगढी पुगेका मन्त्री पोखरेलले आयोजनाको प्रगतिबारे जानकारी लिँदै यस आयाेजनालाई प्राथमिकतामा राख्ने बताए।

निरीक्षण टोलीमा प्रतिनिधि सभा सदस्यहरू आनन्द चन्द, केपी खनाल र रास्वपा नेता भूपदेव शाहलगायतकाे सहभागिता रहेकाे थियाे।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले फाप्ला आयोजनाको जग्गा प्राप्ति, डिपिआर र इआइएजस्ता सबै प्राविधिक प्रक्रियाहरू सफलतापूर्वक सम्पन्न भइसकेका बताए।

उनले यो आयोजना राष्ट्रिय आयोजना बैंकमा समेत समावेश भइसकेको हुनाले अब यसलाई सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउने बताए।

मन्त्री पोखरेलले फाप्ला आयोजना केवल खेलकुदको पूर्वाधार मात्र नभई सुदूरपश्चिमको पर्यटन र समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ सावित हुने विश्वाससमेत व्यक्त गरे। सो अवसरमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले मन्त्री र उच्चस्तरीय टोलीको भ्रमणले आयोजना निर्माणमा नयाँ ऊर्जा थपेको बताए।

उनले लामो समयको कानुनी र प्राविधिक तयारीपछि अब आयोजना निर्माणको चरणमा प्रवेश गरेको बताए। उनले भने, ‘मन्त्रीज्यूको प्रतिबद्धताले यो आयोजनाले अब चाँडै मूर्तरूप लिनेमा हामी पूर्ण विश्वस्त छौँ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…