लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, समसामयिक विषयमा छलफल हुने

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, समसामयिक विषयमा छलफल हुने
+
-

दाङ- लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत नवौं बैठक आज बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, स्वास्थ्य मन्त्री खेम सारुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

यसै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ तथा ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत चैत २२ गतेबाट प्रदेश सभा बैठक नियमित बसिरहेको हो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…