नेपाल टेलिकमद्वारा एसईई अफर २०८२ सार्वजनिक

नेपाल टेलिकमद्वारा एसईई अफर २०८२ सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षार्थीहरूका लागि विशेष ‘एसईई अफर २०८२’ योजना सार्वजनिक गरेको छ, जसमा २० रुपैयाँमा सिमकार्ड उपलब्ध हुनेछ।
  • योजना अनुसार विद्यार्थीहरूले सिम सक्रिय गरेपछि ३० दिनसम्म २० मिनेट अन-नेट कल, १० एसएमएस र ५०० एमबी डाटा प्रतिदिन पाउनेछन्।
  • रु. ५० वा बढीको रिचार्जमा तीन दिनको लागि ५०० एमबी डाटा, ५० मिनेट अन-नेट कल र ५० एसएमएस बोनसको सुविधा उपलब्ध हुनेछ।

काठमाडौँ- नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी भएका परीक्षार्थीहरूका लागि विशेष ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ

यो अफर आज (२०८२ चैत २६) देखि सुरु भई आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत विद्यार्थीहरूले मात्र रु. २० मा नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन् भने पहिले नै टेलिकमको सिम प्रयोग गरिरहेकाहरूले पनि सोही नम्बरमा यो अफर सक्रिय गर्न सक्ने सुविधा रहेको छ

नयाँ सिमकार्ड सक्रिय गरेपछि विद्यार्थीहरूले ३० दिनसम्मका लागि विभिन्न सुविधाहरू प्राप्त गर्नेछन् ‘एसईई प्याकेज २०८२’ अन्तर्गत दैनिक रूपमा नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा उपलब्ध हुनेछ

यसरी दैनिक प्राप्त हुने सेवा सोही दिनका लागि मात्र मान्य हुनेछ । साथै, नयाँ सिममा उपलब्ध हुने रु. ९.८० को मेन व्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न वा डाटा चलाउन सकिने व्यवस्था गरिएको छ

बोनस सुविधा अन्तर्गत विद्यार्थीहरूले रु. ५० वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा थप सुविधाहरू पाउनेछन् यसरी रिचार्ज गर्दा जुनसुकै समयमा प्रयोग गर्न मिल्ने ५०० एमबी डाटा, ५० मिनेट अन-नेट कल र ५० वटा एसएमएस बोनसका रूपमा प्राप्त हुनेछ

रिचार्जमा प्राप्त हुने यस्तो बोनस सुविधा प्रयोग गर्ने समयावधि प्राप्त भएको तीन दिनसम्म रहनेछ नयाँ सिम लिन चाहने परीक्षार्थीले आफ्नो प्रवेश पत्र (Admit Card) वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो र आफ्नो वा अभिभावकको सरकारी परिचयपत्र (नागरिकता वा राष्ट्रिय परिचयपत्र) को प्रतिलिपि बुझाउनुपर्नेछ

सिम सक्रिय गर्नका लागि *1414# डायल गर्नुपर्नेछ भने अफर प्राप्त गर्नका लागि *1600# डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर र जन्ममिति (YYMMDD Format मा) प्रविष्ट गर्नुपर्नेछ विद्यार्थीहरूको आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले विगतका वर्षहरूमा झैं यस वर्ष पनि यो अफरलाई निरन्तरता दिएको हो

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…