विराटनगरमा भत्काइएका राजाका शालिक पुनः राख्ने तयारी

विराटनगरमा भत्काइएका राजाका शालिक पुनः राख्ने तयारी
+
-

माेरङ – जनआन्दोलनका क्रममा भत्काइएको विराटनगरको महेन्द्र चौकमा पुनः शालिक राख्नका लागि पहल सुरु भएको छ।

विराटनगरस्थित सनातन युवा मञ्च नेपाल विराटनगरले विहीबार पत्रकार सम्मेलन गर्दै शालिक भत्काइएको स्थानमा पुनः राजा महेन्द्र वीरविक्रम शाहकै शालिक राख्नका लागि अग्रसरता लिएको जनाएको छ। यसका लागि मञ्चले शालिक पुनः निर्माण र स्थापनाका लागि नगरवासीमाझ आह्वान समेत गरेको छ।

पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष नवराज ढकालले नेपालीहरुको इतिहास गर्विलो रहेको हुँदा इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। इतिहास मेटिनु हुन्न भन्ने धारणा राखेका अध्यक्ष ढकालले महेन्द्र चौकमा राजा महेन्द्रकै शालिक राख्ने र हिमालय रोडलाई पनि पुरानै अवस्थामा फर्काउने अभियान सुरु गरिएको बताए।

विगत आठ वर्षदेखि मञ्चले विराटनगरमा विभिन्न कार्य गर्दै आएको बताएका अध्यक्ष ढकालले शालिक राख्नका लागि विराटनगरवासी र विराटनगरलाई माया गर्नुहुने सबैको सहभागिता रहने अपेक्षा गरेको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…