कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ बने विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ बने विजेता
+
-
देशसञ्चार AI सारांश
  • गोर्खा ब्रुअरीद्वारा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६’ प्रतियोगितामा १३० खेलाडीहरूले रोयल नेपाल गल्फ कोर्समा सहभागिता जनाए।
  • पुरुषतर्फ कर्बिर तामाङले ४८ काउन्टब्याक स्कोरका साथ मुख्य विधाको उपाधि जित्दा सुष्मा सिंह महिलातर्फ विजेता बनिन्।
  • हरि बहादुर थापाले होल नम्बर १२ मा ‘होल इन वान’ गर्दै सबैलाई प्रभावित पारे र ‘मस्ट बर्डीज’ अवार्ड जिते।

काठमाडौं- गोर्खा ब्रुअरी प्रा.लि. को आयोजनामा सञ्चालित ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौंस्थित प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्समा अप्रिल १० र ११ गते दुई दिनसम्म चलेको यस प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

स्टेबलफोर्ड फर्म्याटमा ¾ ह्यान्डिक्यापका आधारमा खेलाइएको यस प्रतिस्पर्धामा खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

प्रतियोगिताको मुख्य विधा पुरुषतर्फ कर्बिर तामाङले ४८ काउन्टब्याक स्कोरका साथ उपाधि चुम्न सफल भए ।

उनलाई समान ४८ काउन्टब्याक स्कोर ल्याएका अश्मांक कार्कीले पछ्याउँदै रनर-अपको स्थान सुरक्षित गरे ।

यस्तै, हरि बहादुर थापाले ३५ स्कोर गर्दै ‘बेस्ट ग्रस विनर’ को उपाधि हात पारे । महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरका साथ रनर-अप रहिन् ।

विभिन्न उमेर समूह र विधामा पनि विजेताहरू घोषित गरिएका छन्। सिनियरतर्फ (६५ वर्षमाथि) मेजर जनरल विजय मोक्तान विजेता र क्याप्टेन मोहन गुरुङ रनर-अप बने ।

७५ वर्षमाथिको सुपर सिनियर विधामा क्याप्टेन मणि लाल थापाले जित हासिल गरे ।

महिलाहरूको ६० वर्षमाथिको सिनियरमा देवी पुलामी र ७० वर्षमाथिको सुपर सिनियरमा सन्ध्या राई विजेता बने ।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा हरि बहादुर थापाले होल नम्बर १२ मा ‘होल इन वान’ गर्दै सबैलाई प्रभावित पारे । त्यस्तै, कर्बिर तामाङले ४ बर्डीसहित ‘मस्ट बर्डीज’ को अवार्ड जिते ।

अन्य पुरस्कारहरूमा सरोज थापाले ‘लगेस्ट ड्राइभ’, खिम गौचनले ‘क्लोजेस्ट टु द पिन’ र ब्रिगेडियर जनरल शशि किरण रायमाझीले ‘स्पोर्ट्सम्यानसिप प्राइज’ प्राप्त गरे ।

रोयल नेपाल गल्फ क्लबमा आयोजित यस कार्यक्रमले गल्फ खेलमार्फत कार्ल्सबर्गको ‘प्रिमियम स्पोर्टीङ लाइफस्टाइल’ र भाइचाराको प्रतिबद्धतालाई पुनः झल्काएको छ ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…