साओमीको नयाँ स्मार्टफोन रेड्मी ए-सेभेन नेपाली बजारमा सार्वजनिक

साओमीको नयाँ स्मार्टफोन रेड्मी ए-सेभेन नेपाली बजारमा सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • साओमीको नयाँ रेड्मी ए-सेभेन नेपाली बजारमा कम मूल्यमा उत्कृष्ट डिजाइन र उच्च कार्यक्षमतासहित सार्वजनिक भएको छ।
  • यस फोनमा ६.८८ इन्चको एलसिडी डिस्प्ले, ५२००mAh ब्याट्री, र फास्ट चार्जिङका साथै सुरक्षा सुविधाहरू रहेका छन्।
  • रेड्मी ए-सेभेन तीन रङमा उपलब्ध छ र १५,९९९ रुपैयाँको मूल्यमा दुई वर्षको वारेन्टीसहित बजारमा आएको छ।

काठमाडौँ- विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो नयाँ इन्ट्री लेभल स्मार्टफोन रेड्मी ए-सेभेन (A7) आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट डिजाइन र उच्च कार्यक्षमताका साथ आएको यो स्मार्टफोन विशेषगरी कम मूल्यमा राम्रो फिचर्स खोज्ने प्रयोगकर्ताहरूका लागि लक्षित गरिएको हो ।

यो स्मार्टफोनमा ६.८८ इन्चको ठूलो एलसिडी डिस्प्ले रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट सपोर्ट गर्दछ । प्रयोगकर्ताको आँखाको सुरक्षाका लागि यसमा ‘डिसी डिमिङ’ प्रविधि जडान गरिएको छ ।

१९३ ग्राम तौल भएको यस फोनमा ५२००mAh को शक्तिशाली ब्याट्री र १५ वाटको फास्ट चार्जिङ सुविधा उपलब्ध छ । सुरक्षाका लागि यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता सुविधाहरू दिइएको छ ।

क्यामेराको कुरा गर्दा, रेड्मी ए-सेभेनमा १३एमपीको मुख्य क्यामेरा र ८एमपीको सेल्फी क्यामेरा रहेको छ, जसले कम उज्यालोमा पनि उत्कृष्ट फोटो खिच्न सहयोग पुर्‍याउँछ ।

३जीबी र्‍याम र ६४जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनमा र्‍यामलाई ६जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ सुविधा समेत रहेको छ । साथै, यसमा ३.५ मिमीको हेडफोन ज्याक पनि उपलब्ध छ ।

नेपाली बजारमा यो फोन कालो, स्काइ ब्लु र अर्चिड पर्पल गरी तीन आकर्षक रङहरूमा उपलब्ध गराइएको छ ।

कम्पनीले यस स्मार्टफोनको मूल्य रु. १५,९९९ तोकेको छ र यसमा ग्राहकहरूले दुई वर्षको वारेन्टी समेत पाउनेछन् । स्लिक र परिष्कृत डिजाइनले यस फोनलाई प्रिमियम लुक प्रदान गरेको छ ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…