पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै
पक्राउ परेपछि प्रहरी सुरक्षामा अस्पताल लगिँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: बर्षा शाह/ देशसञ्चार। फाइल
+
-

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा भएको पत्थरीको आज शल्यक्रिया गरिँदै छ।

त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया हुन लागेको हो। अस्पतालका सूचना अधकारी कालीप्रसाद रोसयराकाअनुसार ओलीलाई शल्यक्रियाका लागि पौने ११ बजे शल्यक्रिया कक्षमा लगि सकिएको छ।

उनकाअनुसार डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्याक्रिया गर्नेछ। ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ।

उनी जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको सिफारिसअनुसार चैत्र २४ गते पक्राउ परेका थिए। तर उनलाई सर्वोच्च अदालतले छाड्न आदेश दिएअनुसार चैत २६ गते छुटेका थिए।

यद्यपि उनी पक्राउ परेलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको हालसम्म अस्पतालमै राखिएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…