- महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८३ लाई डिजिटल प्रवर्द्धन वर्षका रूपमा मनाउँदै विभिन्न विशेष योजना सार्वजनिक गरेको छ।
- बैंकले डिजिटल कारोबारमा प्रोत्साहन दिन मोबाइल एप प्रयोगकर्ताहरूलाई गोलाप्रथा र Fone Points Rewards व्यवस्था गरेको छ।
- नयाँ वर्षका अवसरमा सुलभ ब्याजदरमा महालक्ष्मी घर कर्जा योजना थप गरी ८ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
काठमाडौं- महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विभिन्न विशेष योजनाहरू सार्वजनिक गरेको छ ।
बैंकले आगामी वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’का रूपमा मनाउने योजना अनुरूप डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू अघि सारेको हो ।
यस अन्तर्गत बैंकको मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय प्रयोगकर्ताहरूमध्ये गोलाप्रथाद्वारा ३ जना भाग्यशाली विजेता छनोट गरिनेछ ।
ती विजेताहरूले आफ्नो जोडीसहित आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामनाको आकर्षक भ्रमण प्याकेज जित्ने अवसर पाउनेछन् ।
डिजिटल कारोबारलाई थप प्रभावकारी बनाउन बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि ‘Fone Points Rewards’ को व्यवस्था गरेको छ ।
प्रयोगकर्ताहरूले विभिन्न डिजिटल कारोबार गरेबापत प्राप्त गर्ने रिवार्ड पोइन्टहरू निश्चित सर्तहरूको अधीनमा रही सामान खरिद गर्दा वा अन्य कार्यहरूमा उपयोग गर्न सक्नेछन् । यो एप प्ले स्टोर र एप स्टोर दुवैबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।
नयाँ वर्षकै अवसरमा बैंकले सुलभ ब्याजदरमा ‘महालक्ष्मी घर कर्जा’ समेत सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत आवासीय वा व्यापारिक घरजग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, वा घर मर्मत सम्भारका लागि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराइनेछ ।
विशेष गरी, यो कर्जाको ब्याजदर ७ वर्षको अवधिसम्म स्थिर रहने सुविधा समेत प्रदान गरिएको छ । हाल देशभर १०३ शाखा कार्यालयहरूमार्फत करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको यस बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै आएको छ ।
भर्खरै
लोकप्रिय
