प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट
+
-

किमाथाङ्का (सङ्खुवासभा) – प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ। बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गरिएको हो। कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलका अनुसार चार हजार १०० चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो। बर्डफ्लु रोग नियन्त्रण समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामा संयोजकत्वको बैठकले बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गर्ने निर्णय गरेको थियो।

अनुमतिबिना प्रतिबन्धित क्षेत्रबाट ल्याइएका कारण स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख पोख्रेलले बताउनुभयो। मोरङको बुढीगङ्गास्थित भिजु पोल्ट्री फर्म प्रालिबाट ल्याइएका तीन लाख रुपैयाँ बढीको चल्ला नष्ट गरिएको उनको भनाइ छ।

रोग सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो। सम्बन्धित निकायले अवैध रूपमा पशुपन्छी ओसारपसार नगर्न चेतावनी दिँदै नियम उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गरिने जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…