गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
+
-
देशसञ्चार AI सारांश
  • गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन र पदमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् भन्दै राजीनामा दिएका छन्।
  • उनले जनचासो र सेयरसम्बन्धी प्रश्नलाई गम्भीर रूपमा लिदै नैतिकता र जनविश्वासलाई उच्च राख्ने प्रतिवद्धता जनाएका छन्।
  • देशमा सुशासनको माग गर्दै उनले सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबैलाई उभिनुपर्ने बताएका छन्।

काठमाडौँ- सेयर विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङले बुधबार राजीनामा दिएका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामाबारे जानकारी गराएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्  र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको छु।’

उनी गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका हुन्।

‘उनले गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आइरहे पनि पछिल्ला दिनमा नागरिक स्तरबाट सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले लेखेका छन्।

उनले आफ्ना लागि पदभन्दा नैतिकता ठूलो भएको उल्लेख गर्दै भनेका छन्- ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।’

उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको तथा जेनजी आन्दोलनले पनि यही सन्देश दिएकाले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने तथा नेतृत्व उत्तरदायी हुनुपर्ने उल्लेख गरेका छन्। ‘मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,’ उनले लेखेका छन्।

उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबैले उभिनैपर्ने उल्लेख गरेका छन्।
उनले मिडियाकर्मीहरूलाई समेत प्रश्न गर्दै लेखेका छन्-   ‘कसको कहाँ कहाँ स्वेट शेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’
रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…