प्रयोगविहीन अवस्थामा छन् लाखौं रकम खर्च भएका पोखरी

प्रयोगविहीन अवस्थामा छन् लाखौं रकम खर्च भएका पोखरी
अदानचुली गाउँपालिका- ४ मा निर्माण गरिएको हाल जिर्ण र प्रयोगविहीन अवस्थामा रहेको पोखरी।
+
-
देशसञ्चार AI सारांश
  • अदानचुली गाउँपालिकामा बनाइएका एक दर्जन पोखरीहरू गुणस्तरहीन निर्माणका कारण दुई वर्षमै प्रयोगविहीन बनेका छन्।
  • स्थानीय जग्गे जैसीले पोखरीहरू सिँचाइ, खानेपानी र पशुचौपायाका लागि बनाइए पनि अहिले जिर्ण रहेको बताए।
  • पोखरी निर्माणमा कर्णाली प्रदेश सरकारले ठूलो आर्थिक सहयोग गरेको भए पनि ती पोखरी प्रभावहीन र बेकार भएका छन्।

हुम्ला- बस्तीमा निकै आवश्यकता भएको भन्दै माग गरी निर्माण गरिएका एउटै गाउँपालिकाका एक दर्जन पोखरीहरू प्रयोगविहीन भएका छन्।

आवश्यकताभन्दा पनि पहुँच र भनसुनका आधारमा बजेट पारेर टालटुल किसिमले ती पोखरी निर्माण गरिँदा दुई वर्षमै जिर्ण अवस्थामा पुगेर प्रयोगविहीन बनेका हुन्।

अदानचुली गाउँपालिका- ४ को लौठी गाउँका जग्गे जैसीले दुई वर्षअघि निर्माण भएको भए पनि हाल प्रयोगविहीन अवस्थामा रहेको मानव निर्मित पोखरी रहेको बताए। उनले सिँचाइ, खानेपानी र पशुचौपायाका लागि भनेर निर्माण गरिएको भए पनि गुणस्तरीय निर्माण नभएकै कारण छोटो समयमै ती पोखरी प्रयोगविहीन भएको जानकारी दिए।

उनका अनुसार आफ्नो वडामा मात्र यस्ता तीनवटा पोखरी रहेका छन्, जसले एकदेखि दुई वर्षसम्म मात्र सेवा दिए पनि हाल सबै जिर्ण भई प्रयोगविहीन अवस्थामा पुगेका छन्।

अदानचुली गाउँपालिका- २ को रोकायाबाडामा पनि यस्तै पोखरी निर्माण गरिएको थियो। सो गाउँका स्थानीय जंगबहादुर रोकायाले एकपटक पानी भरिएको भए पनि त्यसपछि उक्त पोखरी प्रयोगमा नआएको र हाल जिर्ण अवस्थामा रहेको बताए।

उनले पहुँच र प्रभावका आधारमा बजेट खर्च गरिए पनि यस्ता कार्य प्रभावहीन भएको उल्लेख गरे। उनका अनुसार कतिपय स्थानमा पोखरी निर्माण भए पनि त्यहाँ एक थोपा पानीसमेत नजमेको अवस्था छ।

यी पोखरीहरू कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकामार्फत निर्माण गरिएका हुन्। अदानचुली गाउँपालिकाको योजना शाखाका अनुसार गाउँपालिकाभर एक दर्जन यस्ता मानव निर्मित पोखरी निर्माण गरिएका छन्। एकदेखि दुई वर्षअघि निर्माण गरिएका यी पोखरीहरू हाल कुनै पनि उपयोगमा छैनन्।

एक-एक पोखरी निर्माणका लागि १५ देखि २० लाख रुपैयाँसम्म बजेट खर्च गरिएको र कुल करिब दुई करोड रुपैयाँ खर्च भए पनि ती सबै हाल प्रयोगविहीन बनेका छन्। स्थानीय जनक फडेराले यस्तो अवस्थालाई “बालुवामा पानी खन्याएजस्तै” भएको टिप्पणी गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…