‘अगस्ट २०२६ मा लण्डनमा ‘प्रतिभा नक्षत्र–७’ हुँदै

‘अगस्ट २०२६ मा लण्डनमा ‘प्रतिभा नक्षत्र–७’ हुँदै
+
-
देशसञ्चार AI सारांश
  • ‘प्रतिभा नक्षत्र– सातौँ संस्करण’ कार्यक्रम लण्डनमा १६ अगस्ट २०२६ मा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चका रूपमा आयोजना गरिनेछ।
  • नेपाली प्रतिभालाई उजागर गर्ने उद्देश्य रहेको कार्यक्रमले अन्तर्राष्ट्रिय सहभागितासहित सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।
  • बालबालिकाका लागि ५००, ४००, ३०० पाउण्ड र युवाका लागि ७००, ६००, ५०० पाउण्ड नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चलाई लक्षित गर्दै ‘प्रतिभा नक्षत्र– सातौँ संस्करण’ आगामी १६ अगस्ट २०२६ मा लण्डनमा आयोजना हुने भएको छ।

आयोजकका अनुसार यो कार्यक्रमले विश्वमा छरिएका नेपाली प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याई सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।

‘प्रतिभा नक्षत्र’ कार्यक्रमको सुरुवात केही वर्षअघि साना तथा युवापुस्तामा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले गरिएको हो। विभिन्न चरणमा सफलतापूर्वक सम्पन्न भइसकेका यस कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउँदै आएको छ। अघिल्ला संस्करणहरूमा विविध देशका सहभागीहरूले आफ्नो संस्कृति, कला र प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई समृद्ध बनाएका थिए। यसै निरन्तरतासँगै सातौँ संस्करण अझ व्यापक र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना हुन लागेको हो।

कार्यक्रममा नेपाल बाहेक विश्वका विभिन्न देशबाट सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। प्रतियोगिता दुई विधामा सञ्चालन हुनेछ—बाल प्रतिभा नक्षत्र (बालबालिका) र युथ प्रतिभा नक्षत्र (युवा)। दुवै समूहका सहभागीहरूले आफ्नै मौलिक सांस्कृतिक वा परम्परागत पोशाकमा कुनै पनि प्रकारको प्रतिभा प्रस्तुत गर्न सक्नेछन्।

प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ, जसमा परिचय चरण, प्रतिभा प्रदर्शन चरण तथा प्रश्नोत्तर चरण समावेश छन्। विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। बाल विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५००, ४०० र ३०० पाउण्ड प्राप्त गर्नेछन् भने युथ विधातर्फ ७००, ६०० र ५०० पाउण्ड प्रदान गरिनेछ। यसका साथै सबै विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा उपहार सामग्रीसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा ‘प्रतिभा नक्षत्र सांस्कृतिक गाउँ’ निर्माण गरिनेछ। यसअन्तर्गत विभिन्न समुदायहरूले आफ्ना परम्परागत पहिरनसहित सांस्कृतिक पहिचान प्रस्तुत गर्न सक्नेछन्। सांस्कृतिक गाउँभित्र साहित्य घर (किताब जात्रा), भान्सा घर, कला तथा हस्तकला घर, स्वास्थ्य तथा वातावरण घर र बिक्री तथा प्रवर्द्धन घर जस्ता विभिन्न संरचनाहरू रहनेछन्।साहित्य घरमा पुस्तक प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतिहरू गरिनेछन् भने भान्सा घरमार्फत परम्परागत खानाका परिकार तयार पारेर बिक्री गर्ने अवसर प्रदान गरिनेछ। त्यस्तै, कला तथा हस्तकला घरमा प्रदर्शनी, बिक्री तथा प्रत्यक्ष सिर्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन्। स्वास्थ्य तथा वातावरण घरले जनचेतना फैलाउने कार्यक्रमहरू आयोजना गर्नेछ भने बिक्री तथा प्रवर्द्धन घरमार्फत जैविक तथा वातावरणमैत्री सामग्रीहरूको प्रचार–प्रसार गरिनेछ।सांस्कृतिक विविधतालाई झल्काउन थारू घर, खस घर, नेवारी घर लगायतका परम्परागत संरचनाहरू पनि प्रस्तुत गरिनेछन्।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समानता, सहअस्तित्व, आपसी सम्मान तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तामा भाषा, संस्कार र परम्पराको हस्तान्तरण गर्नु हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…