हुम्लाका ११ अति कुपोषित शिशु र १० आमालाई उपचारका लागि जुम्ला पठाइयो

हुम्लाका ११ अति कुपोषित शिशु र १० आमालाई उपचारका लागि जुम्ला पठाइयो
+
-
देशसञ्चार AI सारांश
  • हुम्लाको ताँजाकोट गाउँपालिकामा ११ शिशु र १० आमाहरू गम्भीर कुपोषण उपचारका लागि जुम्ला पठाइएका छन्।
  • गाउँपालिकाका पोषण पुनःस्थापना केन्द्रको अभावले गर्दा बिरामीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाउनु परेको हो।
  • स्वास्थ्य शाखाले अझै ६ जना कुपोषित शिशुहरूलाई पनि जुम्ला पठाउने तयारी गरिरहेको जानकारी दिएको छ।

हुम्ला- हुम्लाको ताँजाकोट गाउँपालिकामा गरिएको पोषण लेखाजोखाका क्रममा ‘अति शीघ्र कुपोषण’ देखिएका ११ जना शिशु र १० जना आमाहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको छ ।

गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका सबै टोल बस्तीहरूमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका पुगेर पाँच वर्षमुनिका बालबालिकाहरूको पोषण अवस्था जाँच गर्दा ती शिशुहरूमा गम्भीर कुपोषणको समस्या फेला परेको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका खोप, पोषण तथा भिटामिन ‘ए’ कार्यक्रमका सम्पर्क व्यक्ति धनराज ढकालका अनुसार, पहिलो चरणमा बढी जोखिममा रहेका ११ जना बालबालिका र १० जना आमाहरूलाई मंगलबार जुम्ला पठाइएको हो ।

जुम्ला पठाइएका आमाहरूमा ताँजाकोट–१ का पबित्रा कार्की, सुन्तली रिठाल र जुना कार्की, वडा नम्बर २ का मौसमी चदरा र बसन्ती कटुवाल, वडा नम्बर ३ का मिठा नेपाली, प्रेमक्ला नेपाली र बाँचू नेपाली, वडा नम्बर ४ की कबिता नेपाली र वडा नम्बर ५ की ललिता रोकाया रहेका छन् । जुम्ला पठाइएका शिशुहरूमध्ये मौसमी चदराका दुई जुम्ल्याहा शिशु समेत रहेका छन् ।

ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा ‘पोषण पुनःस्थापना केन्द्र’ नभएका कारण बिरामीहरूलाई जुम्ला पठाउनु परेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयपछि प्रतिष्ठानले तत्काल पठाउन आग्रह गरेबमोजिम उनीहरूलाई लिन जुम्लाबाटै गाडी आएको थियो ।

अब ती शिशुहरूको प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्रमा निःशुल्क उपचार र स्याहार हुनेछ । गाउँपालिकामा अझै ६ जना कुपोषित शिशुहरू रहेको र उनीहरूलाई पनि उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…