अ
+
अ
अ
-
काठमाडौँ– युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ताका लागि सिंहदरबार पुगेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिाहन ११:३० बजे शाहले इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूसँग छलफल गर्ने तय भएअनुसार उनीहरू सिंहदरबार पुगेका हुन्।
सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ जनाइएको छ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए।
तस्बिरहरू:

तस्बिर : नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
